ठग शिक्षक

0
1323
तुलसीराम खरेल

उता बस आउँछ यसो रोके झैं गर्छ, खलासी भाइ बोल्छन् कहाँसम्म ? भुवन सर भन्छन् ‘सुरुङ्गा’ । बस खलासीले बस चालकतिर हेर्दै बोलेको आवाज ‘जौं जौं’ भन्ने सन्दासुन्दै गाडी अघि बढिहाल्छ सुइयँ…। एवम् रीतले भुवनले चारवटा द्रुत गाडी गुमाए । बिर्तामोडमा एउटा निजी कलेजमा भौतिक बिज्ञानको कक्षा लिएर पश्चिम बस बिसौनीको केही पश्चिम बिर्तामोड आएर हस्पिटलको छेउबाट बस चढेर सुरुङ्गास्थित एउटा सामुदायिक बिद्यालमा गएर अध्यापन गराउनु उनको दैनिकी हो ।

आजकल बिराटनगर, धरान रुटमा निकै नाम चलेका नागरिक, नेपाल यातायात, सागरमाथा यातायात जस्ता द्रुत बसगाडीहरु चल्थे । ती सबै गाडीको अर्को रोकिने ठाउँ १२ किमी टाढाको सुरुङ्गा नै हुन्थ्यो । अर्को एउटा गाडी आयो, राजमार्गकै किनारमा उभिएका भुवनसरको छेउमै आइपुगेर खलासी भाइ कराए– कहाँसम्म ? भुवन सरले भने– ‘दमक’ । गाडी रोकियो उनि चढी हाले, गाडी अघि बढ्यो सुइयँ…..।

बसगाडीका कन्डक्टरलाई गाह्रो नहोस् छोटोयात्रा, ठूलो नोठ भनेर अनावश्यक गनगन समेत नहोस् भनी भुवनसरले बीस रुपैयाँका केही नोठहरुको ब्यवस्था गरे कै हुन्थे । उनी बसगाडीको अग्रभागमै बसे । उनलाई आफूले दमक भनेर बस चढेको तर आफू सुरुङ्गामा उत्रने भन्ने कुरा बस कर्मचारीलाई कारणसहित भन्न मन लागेको थियो । तर, होस् भरे उत्रने बेलामै भनौला भन्ने सोचे र केही बोलेनन् ।

उनको मोटरसाइकल बिग्रेर हैरानै पारेकोले दिक्क लागेर मोटरसाइकल बेचिदिए । यही कारण उनले बस कर्मचारीसँग झुट बोल्नुप¥यो । आफ्नो स्वतन्त्र साधन नहुँदा झुटो बोल्नुपरेको कुराले केहीबेर सतायो । तर उनीहरुले पनि त बस रोक्नैपर्ने स्थानका यात्रीलाई किन नचढाएका होलान् ? भन्ने आदि तर्कहरु पानीका फोका जस्तै फुल्दै फुट्दै गरिरहे उनका मनमा ।

उनी उत्रने ठाउँ आयो । उनले तोकिएको भाडा तिरे र उत्रन लागे । उनले चाहेको आफ्नो छोटो भनाई राख्नै नपाइ बसगाडीका सहयोगी कर्मचारीले बोले ‘मान्छे चिनियो’ बिद्यालयको पोशाक हेरेरै शिक्षक भन्ने चिनिहालेछन् क्यार । फेरि भनिहाले ‘ठग शिक्षक’ । बसगाडी अघि बढ्यो सुईयँ….।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here