पाँचथरमा घाँटी रेटेर युवतीको हत्या

0
428

पाँचथर,

हिलहाङ गाउँपालिकामा घाँटी रेटेर एक युवतीको हत्या भएको छ।

आइतबार बेलुकी वडा नम्बर ४ पञ्चमीकी १५ वर्षीया शीतल योङहाङको हत्या भएको प्रहरीले जनाएको छ।

शीतलको शव घाँटी रेटिएको अवस्थामा सडकमुनि फेला परेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले जानकारी दिए।

दिउँसो साढे ४ बजे घरबाट निस्केकी उनको हत्या गरिएको अवस्था शव बेलुकी ७ बजे स्थानीयले देखिपछि प्रहरीलाई खबर गरेका थिए। हत्या कसले र किन गर्यो भन्ने खुलेको छैन।

हत्या भएको स्थानबाट एउटा मोबाइल फेला परेको र अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए। किशोरीको शव पोस्टमार्टका लागि जिल्ला अस्पताल पाँचथरमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here