चितवन,
झापा-११ भरतपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत सोमबार बिहान सम्पन्न दोस्रो क्वार्टरफाइनलमा च्यासल युथ क्लबलाई २ एक गोल अन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो।
यी २ टिमबीचको आइतबार आपराह्न भएको खेल हावाहुरीका कारण स्थगित भएको थियो। स्थगित हुनुअघि झापाको २ तथा च्यासलले १ गोल गरेको थियो।
बाँकी १५ मिनेटको खेल सोमबार बिहान खेलाइएकोमा दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि झापा विजयी भयो। झापाका लागि संजोग राईले खेल सुरु भएको १ मिनेटमै गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। यस्तै निसान लिम्बूले पहिलो हाफपछि थपिएको ४ मिनेटमा टिमको दोस्रो गोल गरे।
उता, च्यासलका लागि सुशील राईले ५९ औँ मिनेटमा गोल गरेका थिए। उनै राई खेलको म्यान अफ दी म्याच बने। राईले नगद १० हजार पाएका छन्।