कर्मचारी अभावमा शाखा नै खाली

0
676

 

गणेश अर्याल

इलाम ,इलामको रोङ गाउपालिकामा कर्मचारीको अभाव हुदा कामकाज प्रवाहित हुन थालेको छ । बिद्यालयले निकालेको शिक्षक आवस्यकताको परिक्षा गराउन सल्लाह लिन आएका सरस्वती माबि रम्याङ रोङ ६ का प्रधानाध्यापक डुकराज पौडेल मंगलबार अलमल्लमा परे ।

शिक्षा साखाको कार्यालय खुले पनि कर्मचारी नभएकाले उनले जिज्ञासा राख्ने ठाउ पाएनन् । शिक्षा साखा सम्हाल्दै आएकी साखा अधिकृत राधिका घिमिरे समायोजनमा इलाम नगरपालिकामा हाजिर हुन थालेको र अर्का कर्मचारी श्रोत ब्यक्ति रुखमान शुब्बाको काज फिर्ता भएपछि शिक्षा साखा कर्मचारी बिहिन भएको हो । शिक्षाको जानकारी नहुदा अरु कर्मचारी बाट पनि सेवा प्रदान गर्न नसकिने अवस्था आएको निमीत्त प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पोखरेलले बताए । गाउपालिकामा जम्माको दरबन्दी भएपनि हाल ५ जना मात्र कर्मचारी कार्यरत रहेका छन् । ‘कर्मचारी कम हुदा प्रशासनीक काम पनि गर्न भ्याइएको हुदैन, त्यसमा साखामा पनि कर्मचारी नहुदा त समस्या भयो, निमित्त प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले भने, थप कर्मचारीको ब्यवस्था नहुने हो भने बजेट निर्माण प्रकृया लगायतका गाउपालिकाको काम काजमा प्रभाव पर्ने देखिन्छ । उता कृषि तथा पशु साखामा पनि कर्मचारी नहुदा वडाका कर्मचारी आएर साखा चलाइ रहेको अवस्था रहेको छ । पशु सेवा साखाका प्रमुख मिङमा रिन्जी सेर्पा पनि समायोजनका कारण इलाम नगरपालिका जाने निश्चित भइसकेकोले अव सो साखा पनि कर्मचारी बिहिन हुने संभावना रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here