तालिममा सहभागी जुटाउनै कठिन

0
585

गणेश अर्याल
इलाम ,ठूलो लगानी गरेर तालिम आयोजना गर्दा पनि सहभागी नहुने गरेको रोङ ३ का वडा अध्यक्ष मात्रिका बरालले बताएका छन् । राज्य र सरकारले केही गरेन भन्ने तर कार्यक्रम ल्याउदा ल्याउदा सहभागी नहुने गरेको उनको भनाइ छ ।
उद्यमशीलता बिकास तथा ब्यवसायिक योजना तालिमको समापन कार्यक्रममा सम्बोधन गदैै वडाध्यक्ष बरालले बजेट बनाउने क्रममा टोल टोलको भेलामा तालिमको माग हुन्छ तर कार्यक्रम बनाएपछि सहभागि तालिम लिन नआउदा दुख लागेको बताए । ‘भर्खरै मोतिमालाको तालिम आयोजन गरियो, तर युवाहरु तालिममा सहभागी भएनन्, उदाहरण प्रस्तुत गदै वडाअध्यक्ष भने– ‘यो उद्यमशीलताको तालिममा १३ जना सहभागि तयार गर्नको लागि पनि ५ पटक सम्म नामलिस्ट तयार पार्दै च्यात्तै गरेका छु’ । उनले तालिम लिएका हरु पनि बिदेश जाने भएकाले तालिमको उद्देश्य पुरा नभएको स्वीकारेका छन् ।
गाउपालिकाको सहयोगमा मानब अधिकार मञ्च इलाम र युवा सशक्तीकरण समुह रोङ ३ को आयोजना मा भएको ७ दिने तालिममा वडा नम्बर ३ का १३ जना युवाहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रममा सहभागिहरुले तालिम उपलब्धी मुलक भएको बताएका थिए । सहभागी दिनेश निरौलाले लिनै पर्ने तालिम जस्तो लागेको सुनाए । उनले अव आफू बिदेशको सपना नदेख्ने र यही केही गरेर देखाउने प्रतिबध्दता ब्यक्त गरे । त्यसैगरी अर्का सहभागी अञ्जना भूजेलले पनि कुन प्रकारको ब्यवसाय गर्दा राम्रो होला रु ब्यवसायमा घरपरिवार र समाज सगको सहकार्य तथा खरिदकर्ता र बिक्रीकर्ता बिचको सम्बन्ध आदीको बारेमा जानकारी पाएकाले ब्यवसाय गर्न आँट आएको बताइन् । कार्यक्रममा तालिमको फिल्ड अधिकृत गायत्री लिम्बुले युवाहरु स्थानीय स्तरमा नै स्वरोजगार हुनु पर्छ भनेर तालिम अयोजना गरेको बताइन् । त्यसैगरी अर्का बक्ता करुणा फाउण्डेशन्की दिपा कार्कीले फरक क्षमता भएकाहरुले त ब्यवसाय गरिरहेको उदाहरण सुनाउदै सवल मानिसको लागि ब्यवसाय गर्न सहज हुने बताइन् । युवा सशक्तीकरण समुहका सचिब दिपक अर्यालले सञ्चालन गरेको कार्यक्रम युवा सशक्तीकरण समुह रोङ ३ का अध्यक्ष डाइमण्ड तिम्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here