कच्चुवारीको लिची खाँदा एकसय रुपैयाँ !

१ जेष्ठ २०७६, बुधबार मा प्रकाशित

बिर्तामोड, के तपाईलाई आफ्नै हातले टिपेर आग्र्यानिक फलफूल खाने मन छ ? यदि छ भने बिर्तामोड– ३ कच्चुवारी जानहोस् । जहाँ तपाईले धित मरुन्जेल आफ्नै हाटले टिपेर फलफूल खान पाउनुहुन्छ ।

विभिन्न प्रकारका औषधिको प्रयोग गरेर बजारमा बिक्रीका लागि राखिएको फलफूल खानु भन्दा आफ्नै हातले टिपेर ताज फलफूल खानुको बेग्लै आनन्द हुने भएपछि बिर्तामोडका शिक्षा सेवी जयनारायण ढुङ्गानाले आफ्नो १५ विगाह क्षेत्रफलमा लगाइएको फलफूल बगैचामा लिची फेष्टिवल गर्ने भएसंगै ताजा फलफूल खान पाइने भएको हो ।

बिर्तामोडस्थित श्री जय ड्रिम ल्याण्ड पार्कमा लिची फेष्टिवल जेठ ४ गतेबाट हुँदै छ । जहाँ ५ हजार मानिसले लिची फेष्टिवलमा सहभागीता जनाउँदै बोटमा फलेको लिची टिपेर खान सक्ने भएका हुन् । गत वर्ष पनि ढुङ्गानाले लिची फेष्टिवलको आयोजना गरेका थिए । झण्डै दुई हजार बढीले फेष्टिवलमा सहभागीता जनाउँदै लिची फलको स्वाद लिएको जनाइएको छ । गत वर्ष दुई दिनसम्म लिची फेष्टिवल भएको थियो ।

यस वर्ष पाँच दिनसम्म लिची फेष्टिवल हुने र पाँच हजार भन्दा बढीले वगैचामा घुमेर छानी छानी छानी लिची उपयोग गर्ने सक्ने छन् ढुङ्गानाले भने –‘ एक सय रुपैयाँ तिरेर वगैचा छिरेपछि पेटभरी लिची खान सकिन्छ । ’

पार्कको अवलोकन पछि घर फर्कदा लिची ल्याउन मन लागे काउन्टरमा सम्पर्क गर्दै एक सय रुपैयाँमै झुप्पाका झुप्पा लिची लिएर आउन सकिने ढुङ्गानाले बताए । उनले भने – ‘एक सय रुपैयाँको टिकट काटेपछि पेटभरि लिची खान पाइन्छ । एकसय रुपैयाँ तिरेपछि झुप्पाका झुप्पा लिची ल्याउन पनि पाइन्छ ।’

फेष्टिवलमा सहभागीहुनेलाई बिर्तावजार र पश्चिम धर्मकाटा छेउवाट यातायातको समेत व्यवस्था गरिएको ढुङ्गानाले जानकारी दिए ।

दिन प्रतिदिन बिर्तामोड लगायतका सहरहरुमा वायु प्रदुषण बढेको भन्दै १५ विगाह क्षेत्रफलमा पार्क निर्माण गरिएको र सोही पार्कमा लिची लगायतका विभिन्न प्रकारका फलफूल रोपएको ढुङ्गानाले बताए । उनले भने –‘ फलफूल रोपे खान पनि पाइन्छ वातावरण पनि स्वच्छ बनाउन पनि मद्दत मिल्छ ।’

कनकाई क्याम्पस विर्तामोडका संस्थापन समेत रहेका उनले विद्यार्थी, शिक्षक, अभिभावक सवैलाई वातावरण सम्वन्धि शिक्षा प्रदान गर्नका लागि १५ विगाह क्षेत्रफलमा पार्क निर्माण शुरु गरेको बताए ।

पार्कबाट विद्यार्थीले पर्यावरण सम्वन्धि शिक्षा लिन सहन हुन्छ संस्थापक अध्यक्ष ढुङ्गानाले भने – कङ्क्रिटको सहरको बीचमा पार्क हुन्छ जसले स्वच्छ वातावरणका लागि मद्दत पु¥याउँछ ।

यसैबीच झापासहित इलाम, पाँचथर र ताप्लेजुङकै पहिलो निजी विद्यालयका रुपमा कनकाई क्याम्पस बिर्तामोड परिचित छ ।

कनकाई एजुकेशन फाउण्डेसनका नामबाट परिचित कनकाई क्याम्पसले अहिले कक्षा नर्सरीदेखि स्नाकोत्तर तहसम्मको अध्ययन अध्यापन गराउँदै आएको छ । निजी क्षेत्रबाट शिक्षा प्रदान गर्न शुरु गरेको फाउण्डेशनले ४० वर्षको अवधिमा शिक्षाको क्षेत्रमा ठूलो योगदान पु¥याएको क्याम्पसका संस्थापक जयनारायण ढुङ्गानाले बताए ।

वुधवार क्याम्पस परिसरमा आयोजित पत्रकार सम्मेलनमा उनले क्याम्पसको विगतदेखि वर्तमानसम्मको अवस्थाको वारेमा जानकारी दिएका थिए । २०३५ सालमा ३५ जना विद्यार्थीबाट अध्यापन गराउन शुरु गरेको कनकाई एजुकेशन फाउण्डेशनमा हाल दुई हजार बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here