पत्रकारको आन्दोलन गलत छैन- खनाल

0
475

झापा ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिडिया काउन्सील विधेयकप्रति पत्रकारले गरिरहेको आन्दोलन गलत नभएको बताउनु भएको छ ।

‘आन्दोलनले प्रेस स्वतन्त्रतालाई स्थापित गर्न र प्रेसलाई मर्यादित बनाउन बहस सिर्जना गरेको छ, जुन नराम्रो कुरा होइन’ नेता खनालको भनाई छ ।

गृह जिल्ला इलाम जानेक्रममा झापाको बिर्तामोडमा पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले नेपालको संविधानले दिएको हक र अधिकारलाई कसैले कुनै पनि बहानामा कुण्ठित गर्न नसक्ने पनि प्रष्ट पार्नु भएको छ । ‘संविधानले प्रेस स्वतन्त्रताको जे परिकल्पना गरेको छ, त्यो परिकल्पनाभन्दा माथि सरकार जान सक्तैन । हामी सरकारलाई त्यसरी हिंड्न दिनेछैनौं ।’

पार्टी एकीकरणको एक वर्ष पूरा भएको, केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी समिति लगायत जनवर्गीय संगठनको एकीकृत रुप दिइसकेको वर्तमान अवस्थामा अब पार्टीले नयाँ कार्यदिशा, नीति र सिद्धान्त पनि चाँडै सार्वजनिक गर्ने वरिष्ठ नेता खनालको भनाई छ ।

पार्टी एकीकरणलाई गौरवपूर्ण बताउँदै नेता खनालले यो एकताले दूरगामी महत्व राख्ने तर जटिल प्रक्रिया भएकाले बाङ्गोटिङ्गो हुँदै अगाडि बढिरहेकाले अझै पनि थुप्रै काम बाँकी रहेको प्रष्ट पारे ।

वर्तमान सरकारबारे बोल्दै पूर्वप्रधानमन्त्री खनालले भने, ‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको वाक्य सापटी लिँदै भन्नुपर्दा सरकारको एक वर्षलाई आधार वर्षका रुपमा लिइएको छ । मौलिक हकदेखि सयौं ऐन कानून र नियमहरु बनाइएका छन् । सरकारले करिव ७ प्रतिशतले इकोनोमिक ग्रोथ गरेको तथ्याङ्क छ, समग्रमा गौरवपूर्ण र चुनौतिपूर्ण काम गरिरहेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here