मैनाली समाज संगठन विस्तारमा

0
868

सुरुङ्गा। मैनाली समाज झापा संगठन विस्तारमा लागेको छ । समाजका स्थानीय समितिहरु गठन गरिएका छन् ।

विष्णुप्रसाद मैनालीको अध्यक्षतामा सात सदस्यीय बुद्धशान्ति गाउँ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा खगेन्द्र मैनाली (जयशम्भू), सचिवमा बालकुमार मैनाली (राजन), सहसचिवमा बिमला मैनाली, कोषाध्यक्षमा देवीका मैनाली रहेका छन् भने सदस्यहरुमा डिल्लीराम मैनाली र नारायणप्रसाद मैनाली रहेका छन् ।

त्यसैगरी, देवीप्रसाद मैनालीको अध्यक्षतामा १५ सदस्यीय अर्जुनधारा नगर समिति गठन गरिएको छ । समितिको उपाध्यक्षद्वयमा लक्ष्मीप्रसाद मैनाली र गंगाप्रसाद मैनाली, सचिवमा देवेन्द्र मैनाली, सहसचिवमा नगेन्द्र मैनाली र कोषाध्यक्षमा अम्बिका मैनाली रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा ओमनाथ मैनाली, नेत्रप्रसाद मैनाली, प्रकाश मैनाली, मोहन मैनाली, लक्ष्मीप्रसाद मैनाली, होमनाथ मैनाली, डिल्लीराम मैनाली र राजेन्द्र मैनाली चुनिएका छन् ।

दुवै स्थानीय समिति समाजका जिल्ला अध्यक्ष डिल्लीराम मैनालीको प्रमुख आतिथ्यमा र उपाध्यक्ष श्रीप्रसाद मैनाली तथा सचिव रामप्रसाद मैनालीको विशेष आतिथ्यमा गठन गरिएका थिए । अलग–अलग रुपमा सम्पन्न कार्यक्रममा जिल्ला समितिले अघि सारेको पाँच वर्षमा पूर्ण गरिने योजना बनाइएको अक्षयकोष निर्माणका लागि बुद्धशान्ति गाउँपालिकाबाट चार जना र अर्जुनधारा नगरबाट १२ जना बन्धुहरुले प्रत्येक वर्ष पाँच हजारका दरले दिने प्रतिबद्धता जनाएका थिए । बुद्धशान्ति गाउँ समिति विष्णुप्रसाद मैनाली र अर्जुनधारा नगर समिति देवीप्रसाद मैनालीको अध्यक्षतामा सम्पन्न मैनाली बन्धुको भेलाले गठन गरिएका थिए ।

उता भद्रपु्र नगरभित्रका मैनाली बन्धुको भेलाले चुडामणि मैनालीको अध्यक्षतामा नौ सदस्यीय भद्रपुर नगर समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा नन्दमुनि मैनाली, सचिवमा सुवास मैनाली, सहसचिवमा पवित्रा मैनाली रहेका छन् । त्यस्तै सदस्यहरुमा सुरेन्द्र मैनाली, गोपालकृष्ण मैनाली, टीकाराम मैनाली, टेकबहादुर मैनाली र शंकर मैनाली चुनिएका छन् ।

कार्यक्रममा अक्षयकोष निर्माणका लागि तीन जना बन्धुहरु चुडामणि मैनाली, कृष्णकुमार मैनाली र सुरेन्द्र मैनालीले प्रति वर्ष १० हजारका दरले पाँच वर्षसम्म रकम दिने प्रतिबद्धता जनाएका थिए । भद्रपुर नगरको कार्यक्रम जिल्ला अध्यक्ष डिल्लीराम मैनालीको प्रमुख आतिथ्य र चुडामणि मैनालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रामप्रसाद मैनालीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here