अस्पतालको बेडमा मृत्युसँग जुधिरहेकि बुद्धशान्तिकी मनिषा …

0
612

बुद्धशान्ति।

झापा बुद्धशान्ति–४ की २० वर्षीया मनिषा ग्याङमी मगरको दुवैमृगौलाले काम गर्न छाडेको र डाक्टरले तत्काल मृगौला फेर्नुपर्ने बताएपछि आर्थिक रुपले विपन्न उनको परिवार यतिवेला समस्यामा परेको छ ।

नोवेल मेडिकल कलेज विराटनगरमा आइसीयू कक्षमा उनको उपचार भईरहेको र डाइलोसिस जारी रहेको उनका काका नेत्रप्रसाद ग्याङमी मगरले जानकारी दिएका छन् । बुद्धआदर्श मावि बुधबारेबाट कक्षा १२ सकेकी मनिषाको आर्थिक अभावका कारण बाँकी उपचार गर्न गाह्रो परिरहेको परिवारले बताएको छ ।

‘खाउँ–खाउँ, लाउँलाउँ’ को उमेरमा मनिषाको मृगौला खराव भएको डाक्टरले बताएपछि हामी आत्तिएका छौं, के गरौं कसो करौं भएका छौं – मनिषाका काका नेत्रप्रसादले भने ‘आर्थिक अवस्था अत्यन्त्यै कमजोर भएपछि उनका बुबा कमाउन विदेश गएका छन्, यो खवरले सबैलाई यतिवेला रुवाइ रहेको छ ।’ उनले मनिषाको उपचारका लागि नेपाल तथा भारतका विभिन्न अस्पताल जाँदा हालसम्म धेरै पैसा खर्च भएको बताएका छन् । मनिषाको जिवन रक्षा गरी दिन परिवारले छरछिमेक, आफन्त, सहयोगी मनसँग अनुरोध गरेको छ ।

‘आर्थिक अवस्था कमजोर भएकै परिवारमा यतिठूलो बज्रपात आउँदो रहेछ– मनिषाकी काकी सीता ग्याङमी मगरले भनिन् ‘सबैलाई सहयोग गरिदिएर छोरीको जिवन रक्षा गरिदिनुहुन विन्ति गर्छु ।’

४ महिना अघि मनिषालाई सामान्य स्वास्थ्य समस्या देखा परेको थियो । त्यतिवेला खुट्टा सुन्निने, आँखा सुन्निने समस्या देखियो उनलाई । अहिले उनी नोवेल मेहिकल कलेज विराटनगरमा मृत्युसँग जुधिरहेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here