कांग्रेसको विभागीय समितिलाई पूर्णता

0
1091

विर्तामोड। नेपाली कांग्रेस झापाले विभागीय समितिहरुलाई पूर्णता दिएको छ । सभापतिले मनोनयम गर्न पाउने पार्टीको विधान अनुरुप विभिन्न १४ वटा उपसमिति गठन गर्दै विभागीय समितिहरुलाई पूर्णता दिएको बताइएको छ । उक्त वैधानिक व्यवस्था बमोजिम संगठन बिभाग प्रमुखमा सभापति उद्धव थापा रहेका छन् ।

यसैगरी पार्टीको प्रवक्तामा अग्रज पत्रकार लोकराज ढकाललाई मनोनयन गरिएको छ । पार्टीले नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान झापाको संयोजकमा राम कट्टेललाई मनोनित गरेको छ भने सदस्यहरुमा पुष्पराज पौडेल, तिलकसिंह पाण्डे, लक्ष्मी खनाल कोइराला, अमृतबहादुर बुढाथोकी, गौरीमान फागो, जगन्नाथ राजवंशी चयन भएका छन् ।

नेपाली कांग्रेस झापाका सभापति थापाको सभापतित्वमा सोमबार पार्टी कार्यालयमा सम्पन्न बैठकले अनुशासन समिति संयोजकमा सचिव तारावीर कटुवाल, आर्थिक विभाग संयोजकमा कोषाध्यक्ष केशवराज पाण्डे, श्रमिक तथा ट्रेड युनियन विभाग संयोजकमा दीपक तामाङ, शिक्षा विज्ञान तथा प्रविधि विभाग संयोजकमा तेजप्रसाद चौंलागाँई, पेशागत तथा बुद्धिजीवी विभाग संयोजकमा हरिकुमार सुवेदीलाई मनोनयन गरेको हो ।

त्यसैगरी गैह्रसरकारी तथा सामाजिक सेवा बिभाग संयोजकमा राजेन्द्रप्रसाद भण्डारीलाई मनोनयन गरिएको छ भने हुकुमसिंह राईको संयोजकत्वमा आदिवासी÷जनजाति विभाग गठन गरिएको पार्टीका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए । भातृ संघ–संस्था समन्वय विभाग संयोजकमा देउकुमार थेवे, सहकारी विभाग संयोजकमा भूपाल बस्नेत र सहसंयोजकमा दुर्गाप्रसाद सापकोटालाई मनोनयन गरिएको छ । अनुगमन तथा अभिलेख विभाग संयोजकमा दयानन्द गोस्वामी, युवा तथा खेलकुद विभाग संयोजकमा बिजय रिजाल चयन भएका छन् । पार्टी विधान अनुरुप विभागीय समितिका संयोजकहरुको पदावधि आगामी अधिवेशनसम्म हुनेछ ।

यसैगरी बैठकले नेपाली कांग्रेसले सञ्चालन गरेको जागरण अभियान आगामी जेठ २५ गते कनकाई नगरको आयोजनामा जिल्लास्तरीय सभा गरी समापन गर्ने निर्णय समेत गरेको कार्यालय सचिव दाहालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here