ड्युटीमा खटिएका प्रहरीमाथि बियरका बोत्तल प्रहार

0
879

उदयपुर,

उदयपुरमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ ।

कटारी नगरपालिका–६ स्थित बिहीबारेमा ड्युटीमा खटिएका प्रहरीमाथि बियरको बोतल र बाँसको भाटाप्रहार गरेको अभियोगमा सोही नगरपालिका–७ बस्ने २२ वर्षीय प्रदिप तामाङ समेत २ जना पुरुष र २ जना महिला गरी ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

हो–हल्ला गरी बसेका उनीहरु समेत ५ जनालाई प्रहरी चौकी रिस्कुबाट खटिएको गस्ती टोलीले सोधपुछ गर्ने क्रममा अचानक प्रहरीमाथी बियरको बोतल र बाँसको भाटाले प्रहार गर्दा ३ जना प्रहरी घाइते भएका थिए ।

घाइतेहरुलाई उपचारको लागिकटारी अस्पताल लगिएको छ । साथै घटनामा संलग्न अन्य १ जना फरार भएकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here