प्रदेश नं १ को आय र व्ययमाथि सैद्धान्तिक छलफल: बजेट कार्यान्वयनमा शङ्का नगर्न आग्रह

0
537

विराटनगर,

प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले वास्तविक र सही धरातलमा उभिएर अगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनुभएको छ । प्रदेशसभामा आज बजेटको सैद्धान्तिक छलफल शुरु हुनुभन्दा पहिले चालू आवको बजेट कार्यान्वयनमा भएको चुनौती र अवसरलाई शिक्षाका रुपमा लिएर बजेट निर्माण गरेको मन्त्री आङ्बोले प्रस्ट पार्नुभयो ।

उहाँले सार्वजनिक गरेको बजेट शत्प्रतिशत खर्च हुने सरकारको अनुमान छ भन्दै चालू आवमा अहिलेसम्ममा पूँजीगत खर्च ३० प्रतिशत मात्र भएको र अन्तिमसम्ममा ६० प्रतिशत पुग्ने विश्वास छ भन्नुभयो । मन्त्री आङ्बोले बजेटको सिद्धान्त र प्राथमिकतामा सदस्यहरुले दिनुभएका अमूल्य सुझावलाई ग्रहण गरेर ल्याएको यो बजेट कार्यान्वयनमा शङ्का नगर्न आग्रह गर्नुभयो ।

प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ११५(२) बमोजिम सार्वजनिक भएको अगामी आव २०७६÷७७ का लागि राजश्व तथा आय र व्ययको वार्षिक अनुमानमाथि आजदेखि प्रदेशसभामा सैद्धान्तिक छलफल शुरु भयो ।छलफलमा सदस्य एकराज कार्की, रामबहादुर मगर र लछुमण तिवारीले सार्वजनिक बजेट यथार्थपरक रहेको चर्चा गर्दै यसले प्रदेशलाई बलियो र समृद्ध बनाउने चर्चा गर्नुभयो ।

अर्का सदस्य शिवनारायण गनगार्इं र शेखरचन्द्र थापाले सरकारले चालू आवमा अहिलेसम्ममा पूँजीगत खर्च ३० प्रतिशत मात्र गर्नु सरकारको क्षमतामा प्रश्न उठेको छ भन्दै जनतालाई प्रदेशप्रति विश्वास दिलाउने किसिमको बजेट नआएकामा आलोचना गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here