निःशुल्क पानी बाढ्दै बिर्तामोडका मारवाडी युवा

0
1167


झापा, बिर्तामोडका मारवाडी युवा निःशुल्क पानी बितरणमा जुटेका छन् । गतवर्षपनि गर्मीको सयम अवधिभरि चिसो शुद्ध पिउने पानी बितरण गरेको मारवाडी युवा मञ्चले यस वर्षपनि पानी वितरणलाई निरन्तरता दिएको छ । बिर्तामोडस्थित मुक्ति चौक नजिकैको दुर्गा मन्दिर परिसरमा आजबाट निःशुल्क पानी वितरण थालिएको छ ।
एक्वाटप मकालु डालमिया ड्रिङ्किङ्ग वाटरसंगको सहकार्यमा मारवाडी युवा मञ्चले यस्तो कार्यको सुरुवात गरेको हो । जसका लागि पानी उत्पादक कम्पनीले चिसो पिउने पान्ीको प्रायोजन गरेको मञ्चका सह सचिव मनिष पोद्दारले जानकारी दिए ।
निःशुल्क पान्ी बितरण कार्यक्रममा ड्रिङ्किङ्ग वाटरका तर्फबाट विजय डालमिया, मञ्चका अध्यक्ष दीपक मित्तलले शुभकामना दिएका थिए ।
कार्यक्रम संयोजक पंकज मित्तलका अनुसार पानी गर्मी महिना भरि बितरण गरिने छ । पानी वितरण उद्घाटन समारोहमा मञ्चका पदाधिकारीहरु सहित बिर्तामोडका व्यवसायीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा मञ्चका उपाध्यक्ष टेकेन्द्र अग्रवाल,महासचिव प्रविण अग्रवाल,मारवाडी युवा स.गठनका सदस्य यज्ञराज अग्रवाल लगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here