ढाका बुन्दै इलामका महिला स्वरोजगार

0
673

गणेश अर्याल / इलाम।

इलामको रोङ गाउँपालिकामा ढाका बुनाइ सम्बन्धी तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा गोपाल गौरी दिगो बिकास प्रतिष्ठानले आयोजना गरेको तालिममा वडा नम्बर –४ का महिलाको सहभागिता रहेको थियो ।

समापन कार्यक्रम गाउँपालिका उपाध्यक्ष चन्द्रकला राई, वडा नम्बर ४ का वडाध्यक्ष सूर्य राई, गोपाल गौरी दिगो बिकास प्रतिष्ठानका अध्यक्ष इन्दिरा गौतम, प्रशिक्षक प्रमिला लिम्बू, समाजसेवी होमबहादुर लिम्बू, रोङ महिला सञ्जालकी अध्यक्ष कमला कट्टेल लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै तालिम लिएका प्रशिक्षार्थीहरुलाई आवश्यक परेको बेला थप सहयोग गर्न गाउँपालिका हरदम तयार रहेको उपप्रमुख राईले बताइन् । वडा नम्बर ४ का अध्यक्ष सूर्य राईले तालिम लिएकाहरुको लागि ढाका बुन्न आवश्यक पर्ने तान खरिदका लागि लागत मूल्यको ५० प्रतिशत वडा कार्यालयले अनुदान दिने बताए ।

त्यसैगरी दिगो बिकास प्रतिष्ठानका अध्यक्ष गौतमले महिलाहरु सिप नहुँदा पछि पर्ने भएकाले प्रतिष्ठानले सिप सिकाउने काममा जोड दिने गरेको बताइन् । तालिममा सहभागीहरु मध्येका पुष्पा गुरुङले ३ महिनासम्म सहभागीले दिएको समय र गाउँपालिकाको लगानी खेर जान नदिने प्रतिबद्धता जनाइन् ।

तीन महिनासम्म सञ्चालन भएको सो तालिमको लागि उपयुक्त तालिम स्थानको अभाब भएकाले स्थानीय समाजसेवी होमबहादुर लिम्बूले आफ्नो घर तालिम सञ्चालन गर्न उपलब्ध गराएका थिए । समाजसेवी लिम्बूले यस अघि वडा कार्यालय निर्माणको लागि जमिन पनि उपलब्ध गराएका थिए । महिला सञ्जाल रोङका अध्यक्ष कट्टेलले महिलाको आत्मनिर्भरताका लागि यो तालिम पछि सहभागीले उत्पादन क्षेत्रमा लाग्नु पर्नेमा जोड दिइन् ।

देश तथा बिदेशमा ढाकाको सामानको माग रहेकाले उत्पादित सामानको बजार अभाव नहुने सञ्जालकी अध्यक्ष कट्टेलले बताइन् । सम्झना लाप्चाले स्वागत गरेको तथा महिला तथा बालबालिका शाखा प्रमुख रेनुका राईले सञ्चालन गरेको कार्यक्रम सरस्वती माध्यमिक बिद्यालय भालुझोडामा सञ्चालन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here