४० जना विद्यार्थीलाई कलर बेल्ड ग्रेडिङ

0
656

झापा ।

व्राहदशी गाउँपालिकाको कञ्चनज्योति बोर्डिङ स्कूलका ४० जना विद्यार्थीलाई कलर बेल्ड ग्रेडिङ गर्दै सम्मान गरिएको छ ।

आई डब्लू एफ एन कराते डो संघ वाह्रदशीले उनीहरुलाई विद्यालयमा आयोजित समारोहकाबीच कलर बेल्ड ग्रेडिङ गर्दै सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि आई डब्लू एफ एन कराते डो संघ झापाका अध्यक्ष मदन गोपाल सुब्बाले उनीहरुलाई बेल्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।

आई डब्लू एफ एन कराते डो संघ वाह्रदशीका अध्यक्ष प्रेमवहादुर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल निमेश ढुङ्गेल, प्रशिक्षक सहदेव राजवंशी, राजनीतिकर्मी लक्ष्मण पाठक लगायतले बोलेका थिए ।

कार्यक्रमको संचालन विद्यालयका शिक्षक यादव पौडेलले गरेका विद्यालयका आई डब्लू एफ एन कराते डो का सह प्रशिक्षक विवेक राजवंशीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here