अर्जेन्टिनाले कोपा अमेरिकाका रेफ्रीविरुद्ध मुद्दा हाल्यो

0
630

काठमाडौं।

बार्सिलोना फुटबल एसोसिएसनले कोपा अमेरिकाका रेफ्रीविरुद्ध दक्षिण अमेरिकी फुटबल कन्फेडेरेसन (कोन्मेबोल)मा मुद्दा हालेको छ ।

अर्जेन्टिना र उसका कप्तान लियोनेल मेस्सीले ब्राजिलविरुद्धको सेमिफाइनलमा रेफ्रीले ब्राजिलको पक्ष लिएको आरोप लगाएका थिए ।

मेस्सीले खेल सकिएपछि यो खेलमा अर्जेन्टिनाले पाउनुपर्ने २ पेनाल्टी नदिइएको र रेफ्रीले आवश्यक ठाउँमा पनि भिडियो असिस्टेन्ट रेफ्रीको सहयोग नलिएको आरोप लगाएका थिए । यो खेल अर्जेन्टिनाले २–० ले हारेको थियो । यो खेलमा मुख्य रेफ्री रोड्डी जाम्ब्रानो थिए ।

खेलमा एकपटक निकोलस ओटामेण्डी र अर्कोपटक सर्जियो अगुएरोलाई पेनाल्टी क्षेत्रमा फउल गरिएको थियो । यो अवस्थामा अर्जेन्टिनाले पेनाल्टी पाउनुपर्नेमा रेफ्रिले नदिएको अर्जेन्टिनाको आरोप छ ।

ब्राजिलले दोस्रो गोल त्यही समयमा गरेको थियो जतिबेला अगुएरोमाथि फउल भएको थियो र अगुएरोले रेफ्रीलाई यसबारे भनेका पनि थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here