दुधे देखी वच्चावगर जोड्ने सडक कालोपत्रे गर्ने कार्य शुरु

0
667

शिवसताक्षी ।

प्रदेश सरकारले दिएको एक करोड रुपैयाँको लागतमा झापाको शिवसताक्षी नगरपालिका दुधे देखी वच्चावगर जोड्ने सडक कालोपत्रे गर्ने कार्य शुरु भएको छ ।

प्रदेश सरकार, स्थानीय शिवसताक्षी नगरपालिका र स्थानिय समुदायको सहभागीतामा सडकको कालोपत्रे हुने भनिएको थियो । तर, शिवसताक्षी नगरपालिकाले उक्त सडकमा कालोपत्रे गर्न चासो नदेखाएपछी ढिलोगरी काम शुरु भएको स्थानीय नरवहादुर राईले वताए ।

ड्रेन टु ड्रेन कालोपत्रे गर्ने गरि स्थानीयबासी नगरपालिका डेलीकेसन गएका थिए । तर, नगरले ढिलागरी साझेदारिमा पैसादिन वजेट नभएको वताएपछी असार १५ गतेदेखी नगरको ११ नम्वर वडामा पर्ने उक्त सडकको कालोपत्रे निर्माण शुरुभएको राईले वताएका छन ।

प्रदेश सरकारको १ करोड रुपैयाँ वजेटमा दुवै तर्फ ९७० मिटर स्तरीय डे«न निर्माण भएको छ भने ६५० मिटर सडकमा १३ फिट कालोपत्रे हुने निर्माण व्यवसायी भिम साँवाले वताएका छन । झापा निर्वाचन क्षेत्र नम्बर ४ (क) का साँसद झलकवहादुर दर्लामी मगरको निर्वाचन क्षेत्रमा चालुवर्षको यो अवधि सम्म २५ किलोमिटर सडक कालोपत्रे भएको छ । यस्तै स्तरीय ग्राभेलपनि ३० किलोमिटर भएको उनका स्वकिय सचित दुर्गा नेम्वाङ्गले वताए ।

साँसद मगरले आफ्नो निर्वाचन क्षेत्रको पुर्वाधार बिकासका लागि मात्र यो वर्ष २५ करोड रुपैयाँ प्रदेश सरकारवाट भित्राएर ९७ प्रतिसत निर्माणका काम सम्पन्न गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here