गीतकार वाङ्चुको नयाँ गीत सार्वजनिक

1
1880

शान्तिनगर ।

नेपाली आधुनिक सुगम संगीतमा सफल हुन खोजिरहेका गीतकार सुमन लेप्चा (वाङचु) को नयाँ गीत सार्वजनिक भएको छ ।

माया, प्रेम सम्वन्धि गीत लेख्न रुचाउने सुमनले यसपालि भने बेग्लै कोशेली स्रोता तथा दर्शक सामु पस्किएका छन् । लोपोन्मुख लेप्चा जातिको भाषा, संस्कृति, भेषभुषा र रहन–सहन संरक्षण र सम्वर्धन गर्नु पर्छ भन्ने भाव वोकेको (खाम्री म) बोलको गीत लेखेर उनले लेप्चा समुदाय एक हुन आब्हान समेत गरेका छन् ।

उनको रचनामा बनेको यो गीतलाई चर्चित गायक तथा संगीतकार जीतेन लेप्चाले गाएका छन् र उनैको संगीत छ । यो गीत केही दिन अघिमात्र युट्युव मार्फत अडियो गीत सार्वजनिक गरिएको हो । नेपालको पूर्वीय जिल्ला इलाम जिल्लामा मुख्य बसोवास रहेको यो समुदाय लोपोन्मुख जातिमा पर्छ । पछिल्लो समय पुराना पुस्ताले नयाँ पुस्तामा आफ्नो भाषा, संस्कृति हस्तान्तरण गर्न नसक्दा लोप हुने खतरा पनि उस्तै छ ।

यसका साथै धर्म परिवर्तनले पनि यो जातिको लोक सांस्कृति धरापमा पर्दै गएको छ । यसै विषयलाई मध्यनजर गर्दै गीतकार सुमनले यो गीत लेखेका हुन् । उनले यो गीत मार्फत आफ्नो भाषा, संस्कृति जोगाउन र विभिन्न क्षेत्रमा छरिएर बसेका लेप्चा समुदाय एकजुट हुन आब्हान समेत गरेका छन् । नेपालको जनगणना २०६८ को तथ्याङ्क हेर्ने हो भने लेप्चा समुदायको कुल जनसंख्या ३ हजार ४ सय ४५ जना छ ।

उनीहरु मध्ये ३ हजार २ सय ६४ जना ग्रामीण अनि १ सय ८१ जना शहरी क्षेत्रमा बसोवास गर्छन् । पूर्वाञ्चलमा सवैभन्दा बढी ३ हजार ६ सय ३६ जना, मध्यमाञ्चलमा १ सय ६४, पश्चिमाञ्चलमा ३८, मध्यपश्चिममाञचलमा ५ र सुदुर पश्चिमञ्चलमा २ जनाको बसोवास रहेको तथ्याङ्कले देखाउँछ । थोरै जनसंख्या भएको यसजातिको उथ्थान र संस्कृति संरक्षण सहयोग पुग्ने गीतकार सुमनको दावी छ ।

यस गीतको म्यूजिक भिडियो पनि चाँडै बन्ने बताएको छ । यसअघि उनले लेखेका गीत गायक तारा लक्सम र जीतेन लेप्चाले गाएका छन् । उनी झापा बुद्धशान्ति गाउँपालिका–७ का स्थायी बासिन्दा हुन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here