इलाममा एनएमबी बैंककोे शाखारहित बैंकिङ्ग सेवा

0
762

इलाम।

एनएमबी बैंकले इलाम नगरपालिकाको सुम्बेक (जसबिर) मा शाखारहित बैकिङ्ग सेवाको शुरुवात गरेको छ ।

शाखारहित बैकिङ्ग सेवाको उद्घाटन न्यू संरचना कृषि सहकारी संस्थाका अध्यक्ष भिमप्रसाद ढुंगाना लगायतले गरेका थिए । कार्यक्रममा बैंकका इलाम शाखा प्रमुख कुमुदचन्द्र उपाध्यायले शाखारहित बैकिङ्ग सेवाले स्थानीयबासिन्दाको सरल बैकिङ्ग पँहुचमा टेवा पुग्नेमा आफू विश्वस्त रहेको बताए ।

एनएमबी बैंकको शाखारहित बैकिङ्ग सेवा पि. ओ. टि. मेसिनमा डेविट÷क्रेडिट कार्ड वा औंठा छापको प्रयोग गरी अत्यन्त सुरक्षित तरीकाले क्यास डिपोजिट तथा विथड्रल, युटिलिटी पेमेन्ट तथा ब्यालेन्स ट्रान्सफर लगायतका सुविधाहरु प्राप्त गर्न सकिने शाखा प्रमुख उपाध्यायले बताए ।

कार्यक्रममा सहभागीले बैंकले त्यस क्षेत्रका बासिन्दाहरुलाई सरल रुपमा सुविधा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here