ताप्लेजुङ,
ताप्लेजुङमा जंगली च्याउ खादा ४ सिकिस्त बिरामी भएका छन् । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-२ सानथाक्रामा जंगली च्याउ खादा ४ जना बिरामी भएका हु्न् ।
घर नजिक रहेको उतिसको रुखमा रहेको जंगली च्याउ खाई बर्ष ५५ को पुर्ण बहादुर कामी, निजको श्रीमती बर्ष ५३की दिलमाया कामी, छोरा बर्ष १८ को तेज ब कामी र सोही गाऊँपालिका-४ बस्ने बर्ष १७ को पुर्ण बहादुर लिम्बु बिरामी परेकाे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
उनिहरूकाे उनिहरु सबैजनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको अस्पतालले जनाएकाे छ ।































