मेचीनगर,

तीजको अवसर पारेर रेडियो साथीले आयोजना गगरेकोे मेचीनगर तीज नृत्य प्रतियोगिताको उपाधि नगरको ९ नम्बर वडाको खुट्टीडाँगी महिला समूहले जितेको छ । प्रतियोगिताको शनिबार सम्पन्न फाइनल राउण्डमा सहभागी १३ वटा नृत्य समूहलाई पछि पादैं खुट्टीडाँगीले प्रथम भएर नगद २५ हजार रुपैयाँसहित प्रमाण पत्र हात पारेको थियो ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाकक्षमा भएको फाइनल प्रतियोगिताकोे निर्र्णयक मण्डलका प्रमुख निर्णयक झापा जिल्ला नृत्य संघका अध्यक्ष लोेकचन्द्र श्रेष्ठ नेतृत्वको टिमले नगरको ६ नम्बर वडाको मखमली महिला बचत तथा ऋण सहकारी संस्था मेचीनगरलार्ई दोस्रो घोषणा गरेको थियो ।

उस्ले नगद १५ हजार, तेस्रो हुुने मेचीनगर १ को सञ्जिवनी महिला विकास संस्थाले नगद १० हजार तथा १३ नम्बर वडाको चारआली टोल विकास संस्थाले सान्तवना स्वरुप नगद ५ हजार रुपैयाँसहित प्रमाण पत्र हात पारेका थिए ।
मेचीनगर नगररपालिकाको सहयोगमा भएको प्र्रतियोगिता फाइनलका प्रमुख अतिथि उपप्रमुख मीना पोखरेल उप्रेती, कार्र्यपालिका सदस्यहरु, रेडियोका उपाध्यक्ष संगीता थापालगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा नगरका १४ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा संगिनीसहित तीजका नेपाली गीतमा कलाकारहरुले नृत्य गरेका थिए । नेपाली लोक संस्कृति र कलाको जर्गेना गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएकोे थियोे ।

कलाकारहरुले आ आफ्नो जातीय पहिचानमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा मेचीनगर कार्यपालिका सदस्य कुसुम चाधरी, विन्दा प्रसाई, निरु परियारm लक्ष्मी तामाङलगायतले बोलेका थिए । उनीहरुले यस्ता कार्यक्रमले लोप हुन लागेका हाम्रा कला संस्कृत गीत र संगीत लोप हुबाट बचाउने धारणा रराखेका थिए ।
रेडियोका प्रवन्ध निर्देशक ज्ञानेन्द्र निररौलाले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व रेडियोका उपाध्यक्ष संगीता थापाले गरेकी थिइन् ।































