पर्यटकलाई लक्षित गर्दै इस्र्टन ब्लु होटल सञ्चालनमा

0
702

बिर्तामोड।

सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने तयारी सुरु गरेसंगै पर्यटकीय नगरी इलामको सुर्योदय नगरपालिकामा धमाधम होटलहरु सञ्चालनमा आउन थालेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकको केन्द्रको रुपमा परिचित कन्याम, श्रीअन्तु लगायतका स्थानमा धमाधम होटलहरु खुल्न थालेका छन् । विशेष गरी भारतको दार्जिलिङ, मिरिक, ग्यान्टोक, सिलिगुडीका साथै भुटान लगायतका स्थानबाट पर्यटक घुम्न आएपनि उचित बासस्थानको अभावमा दिनभरी घुमेर फर्किने गरेको भन्दै झापाका एक ब्यवसायीले सुर्योदय नगरपालिका–८ मा इस्र्टन ब्लु होटल सञ्चालनमा ल्याएका छन् ।

होटल सञ्चालनमा आएसंगै विदेशबाट आएका पर्यटकहरुले रात बिताउने र यहाँको आय स्रोतमा वृद्धि हुने अपेक्षा गरिएको छ । साढे चार रोपनी क्षेत्रफलमा फैलिएको इस्र्टन ब्लु होटलमा चाइनिज, कन्टिनेन्टल युरोपियन लगायत ग्रहाकले चहाना गरे अनुसारको परिकार बनाउने होटलका सञ्चालक नगेन्द्र रिजालले जानकारी दिए ।

१४ करोड रुपैंयाको लागतमा निर्माण गरिएको होटलमा एक सय जनासम्म आँट्ने क्षमताको मिटिङ हल, हप्तामा एक दिन सांगितीक कार्यक्रम, ५० जनासम्म राख्न सक्ने क्षमताको रुमहरु रहेको सञ्चालक रिजालले बताए । पर्यटकीय क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गर्दै पर्यटन प्रर्वद्धनमा होटल सयोगसिद्ध हुने अपेक्षा गरिएको बताइएको छ ।

होटलले तीन वटा होमस्टे समेत निर्माण गर्नुका साथै होटलको उच्च स्थानमा र्दभिन राखेर झापा, इलामका साथै भारतका विभिन्न स्थानको अवलोकन समेत गर्न सिक्ने ब्यवस्था गरिने सञ्चालक रिजालको भनाईको छ । उनले होटललाई अझ परिस्कृत गर्दै चिल्ड्रेन पार्क निर्माण गर्दै बालमैत्री र पारिवारीक होटल निर्माण गरिने उल्लेख गरे ।

पर्यटन प्रर्वद्धनका नीजि क्षेत्रले सहयोग गरेपनि सरकारी तवरबाट भने अपेक्षा अनुसारको सहयोग प्राप्त हुन नसकेको ब्यवसायीहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here