झापा।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) सैनिक बजार शाखा कार्यालय बिर्तामोड–१०को आयोजनामा एक दिवसीय सदस्य शिक्षा तालिम तथा बित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सैनिक बजार कार्यालय अन्तर्गत एकाई नम्बर २का संयोजक रत्नबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यालयगत उपसमिति सदस्य टीकाराम दंगालले स्वागत गरेका थिए ।
संस्थाका शेयर सदस्य तथा गैर सदस्यको सहभागिता रहेको कार्यक्रममा संस्थाका लेखा सुपरिवेक्षण समिति सदस्य प्रशिक्षक अम्बिकाप्रसाद ढकालले सहजीकरण गरेका थिए । उनले एनएमसीको सांगठनिक संरचना, यसका नीति तथा कार्यक्रम, सेवा सुविधा, क्षेत्र आदिबारे जानकारी गराउनुको साथै असल संस्कार र स्वस्थ जीवनशैलीका विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
सहभागीकातर्फबाट यामबहादुर राई र मणिता दर्जी ठटालले कार्यक्रमबाट आफूहरु लाभान्वित भएको र आगमी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने प्रतिक्रिया दिए ।
संस्थाका सैनिकबजार कार्यालय प्रमुख शम्भु राईले संस्थाको वित्तीय विवरण प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन पवन खतिवडाले गरेको कर्मचारी पवन मैनालीले जानकारी दिए ।































