क्यामिली आँधीको उत्पात !


२८ भाद्र २०७६, शनिबार ०६:०० मा प्रकासित

भुवन तामाङ,

Advertisement

पृथ्वीमा प्रकृतिको लीला अपरम्पार छ । कतिपय प्राकृतिक आयामहरुले पृथ्वीका प्राणीहरुलाई संरक्षण र जीवनका लागि चाहिने यावत कुराहरु दिन्छन् । कतिपय आयामहरुले पृथ्वीका तिनै प्राणीहरुलाई दुःख–कष्टहरु पनि दिने गरेका छन् र मानवजीवनलाई चाहिने यावत कुराहरु नष्ट गरिदिने गरेका छन् । प्राणीहरुलाई दुःखदिने तिनै प्राकृतिक आयामहरुकै मध्ये एक हो आँधीहुरी । मौसम, वातावरण, हावा र सौर्यबाट उत्पन्न तापबीच हुने विभिन्न प्रतिक्रिया स्वरुप बेला–बेलामा विभिन्न शक्तिका आँधीहुरी उत्पन्न हुने गर्दछन् । जसको असरले विशेष गरी मानवजीवनका लागि दुःख–कष्टहरु सिर्जना हुने गरेको छ । धेरै–धेरै जनधनको क्षति पनि हुने गरेको छ ।

नेपालमै पनि केही महिनाअघि बारा जिल्लामा बिनाशकारी शक्तियुक्त आँधीहुरी उत्पन्न भएर ठूलो जनधनको नोक्सानी ग¥यो । सो आँधीहुरीलाई नेपालमा पहिलोपटक उत्पन्न भएको टर्नेडो भनियो । बाढीपहिरो जस्ता पाकृतिक प्रकोपबाट नेपालीहरु सालिन्दा प्रताडित छन् । केही हप्ताअघि जापानमा पनि शक्तिशाली सामुद्रीक आँधीले टोकियो शहर र आसपासमा क्षति पु¥यायो । ठूला–ठूला बिनाशकारी शक्तिका आँधीहुरी विशेषगरी अमेरीकातिर आउने गरेको हामीले सुन्ने गरेका छौँ । बिपद्ले अर्बौ डलरको धन नष्ट गरेको सुन्ने गरेका छौँ ।

सन् १९०० मा टेक्सासमा आएको आँधीले आठ हजारजनासम्मको ज्यान लिएको थियो । त्यो बेलाको आँधीले कसरी त्यनिधेरै मानवीय क्षति गर्न सक्यो भन्ने जिज्ञासा उठ्न सक्छ । सन् १९०० ताका प्राकृतिक विपद् आउँदा मानिसहरुलाई जोगाउन सक्ने आवास, घर अर्थात् संरचना र प्रणाली विकास भइसकेको थिएन । त्यसैले धेरै मानवीय क्षति हुन पुगेको हो ।

समय बित्नेक्रमसँगै औद्योगिक, भौतिक तथा अन्य आयामको विकास हुँदै आयो । मानिसहरुले प्राकृतिक तथा मानवीय विपद् घटनाहरुबाट पाठ सिक्दै आए । फलस्वरुप विभिन्न प्रकोपहरुबाट मानिसहरुलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर सरकारहरुले योजना लागू गर्न थाले । त्यसैको परिणाम स्वरुप आजभोलि आउने विपद्मा भौतिक धन नोक्सानी भए पनि मानवीय क्षति भने कम हुने गरेको छ । अमेरीकामा जस्तै जापानमा पनि बाक्लैरुपमा प्राकृतिक प्रकोप विशेषगरी सामुद्रिक आँधीहुरी आउने गर्दछ । जापानमा भूकम्प पनि बाक्लैरुपमा आउने गर्दछ । तर, यस्ता प्रकोपले भौतिक सम्पत्ति नोक्सानी गरेपनि मानिसहरु भने जोगिने गर्दछन् । किनकि जापानले विपद्हरुबाट पाठ सिकेर मानवीय क्षति कम गर्ने उपायहरु पत्ता लगाई सोही अनुरुप विपद् व्यवस्थापनका योजना कार्यान्वयन गरेको छ ।

आँधीहुरीहरुमा सन् १९६९ को ग्रीष्म ऋतुमा आएको ‘क्यामिली आँधी’ निक्कै बिनाशकारी मानिन्छ । त्यो आँधी अफ्रिकी टतबाट उठेर एट्लान्टिक महासागर पार गर्दै क्यारिबियन छिचोल्दै अमेरीकाको खाडी तट पुगेर त्यहाँ नोक्सानी गर्दै त्यहाँबाट पनि टाढा पुगेर आँधी शान्त भएको थियो । त्यस आँधीले भयानक मानव बिपत्ती सिर्जना गरेको थियो । क्यामिली आँधीले आप्mनो विनाशकारी यात्राको क्रममा दुई सय जनाभन्दा बढी मानिसहरुको ज्यान लिएको थियो र धेरैलाई बेपत्ता पारेको थियो । आँधीले हजारौँलाई बेघर बनाइ दियो । मानवजीवनलाई चाहिने प्रायशः भौतिक संरचना तथा प्रणाली नष्ट गरिदिएको थियो । आँधीपीडितहरुले झण्डै–झण्डै शून्यबाट आप्mनो दैनिकी शुरु गर्नुपरेको थियो ।

आधा शताब्दीअघिको त्यस प्राकृतिक विपद्ले लगभग डेढ अर्ब डलर बराबरको धनसम्पत्ति नष्ट गरेको थियो । त्यसैले क्यामिली नामको त्यस आँधीलाई अभैm पनि सम्झना गरिन्छ । जसले आममानिसहरु, सरकारहरु, योजनाकारहरु, विकासकर्ताहरु तथा वैज्ञानिकहरु समेतलाई सोच्न बाध्य बनाइदिएको थियो । तबदेखि अलि सघनरुपमा यस्ता प्राकृतिक विपद्बाट बच्न धनी देशहरुले विभिन्न सुरक्षित भौतिक संरचना र प्रणालीको विकास गर्दै आए । जसमा भूमिगत कोठाहरु बनाउनेदेखि लिएर विपद्बारे पूर्व सूचना दिने र तुरुन्तै इलाका खाली गर्ने चुस्त बन्दोबस्ती प्रणाली पर्दछन् । त्यसका साथसाथै विपद्बाट बच्ने जनचेतना शिक्षा तथा तालिम कार्यक्रमदेखि विपद् पश्चात गर्नुपर्ने उद्धार र सामान्यीकरणका योजना तथा प्रणालीहरु विकास गरिए ।

क्यामिली आँधी १७ अगस्ट १९६९ आइतबार बिहान ९ः४० मिनटको समयमा न्यू अर्लियन्सबाट दुई सय माइल दक्षिणमा देखिएको थियो । आँधी मेक्सिकोको खाडीलाई उद्वेलित पार्दै लुजियानाको दल–दल एरीयामा पुग्यो । त्यसले मिसिसिपी नदीको डेल्टाक्षेत्रमा बितण्डा मच्चायो र उत्तरतर्पm बढ्यो । त्यसदिनको बिहान अर्लियन्सका मुख्य सडकहरुमा मानिस र सवारीसाधनको चहलपहल थियो । नेशनल हरिकेन सेन्टर मियामीका डा. रोबर्ट सिम्पसनले बताए कि, यदि क्यामिली आँधीले आप्mनो बाटो नबदलेको भए अर्लियन्स शहरका पचासहजारसम्म मानिसहरु मारिन सक्थे । त्यसरी सम्भावित ठूलो प्राकृतिक विपद्को खतराबाट बच्न सकेको अवस्थालाई अभैm पनि अर्लियन्सका मानिसहरु सम्झन्छन् ।

मिसिसिपीको टतीय क्षेत्रको घना आवादीमा आँधीले समुद्रको पानी हुत्याएर २० फिटसम्म डुबाइ दिएको थियो । लुजियानाको तल्लो डेल्टा क्षेत्रका घर, पसल केही बाँकी राखेन । समुदको छालले सोहोरेका, भत्केका घरका अवशेषहरु, टेलिफोनका पोलहरुका टुप्पाहरुमात्र दलदलमा बाँकी देखिन्थे । पर्यटकीय क्षेत्र पास क्रिस्चियन, मिसिसिपी र वेवल्याण्डका शहर जहाँ मानिसहरु छुट्टी मनाउन आउँथे ती ठाउँहरु सबै आँधी र बाढीले तहसनहस पारिदिएको थियो ।

आँधीले बहुतल्ले बिल्डिङ्गहरु भाँचेर र उखेलेर गायब पारिदिएको थियो । सेन्ट लुइस खाडी माथीको रेल्वे लाईनको पटरी समेत दुई सय माइल प्रतिघण्टाको रप्mतारमा आएको आँधीले उखाडेर टाढा प्mयालिदिएको थियो । आँधीग्रस्त क्षेत्रमा विद्युत्, खानेपानी तथा सञ्चार व्यवस्था पनि थिए र ? भन्ने अवस्था पारिदिएको थियो आँधीले । किनकि ती पूर्वाधारहरु सबै उडाएर, बगाएर आँधीहुरीले अदृष्य पारिदिएको थियो । २० फिट उचाईसम्मको समुद्री लहरले आँधीमा मरेका मानिसहरुका शव यत्रतत्र छरिदिएको थियो । त्यतिमात्र कहाँ हो र, लहरले चिहानघारी समेत उधिनेर अर्ध सडेका शवहरुलाई समेत यत्रतत्र छरिदिएको थियो । समुद्री तटीय क्षेत्रमाथिबाट उडेर जाने हजाइजहाजका पाइलटहरुले कैयन मानिसहरुलाई समुद्रको लहर तानेर लगेको देखेको बताएका थिए ।

पास क्रिस्चियन दीपका एक दम्पत्ति बिल र मेरीले आप्mनो घर बनाउन बीसवर्ष मेहनत गरेका थिए । आँधी पश्चात जब उनीहरु आप्mनो घर फर्के, उनीहरुले आँगनमा लडिरहेको स्टोभ, घरको केही भाग रुखमा अड्किरहेको र घरको दुईवटा खम्बा हिलोमा भासिरहेको पाए । सबैजसोको यही हाल थियो । आँधीग्रस्त क्षेत्र यस्ता दृष्यहरुको संग्रहालय जस्तै भएको थियो । आँधी गुजे्रको समुद्र किनारका रेष्टुरेन्ट, होटल, आरामगृह, फेसनगृह आदि सबै उडाएर र बगाएर लगिसकेको थियो । आँधीग्रस्त क्षेत्रमा बचेका बस्तीमा सर्प लगायतका जीवहरुले मानिसहरुलाई दुःख थपिदिएको थियो । सर्प र अन्य बिषालु जीवसँग पीडितहरुले छुट्टै लडाइँ लड्नु परेको थियो ।

करिब ७५ हजारभन्दा बढी मानिसहरु क्यामिली आँधीबाट नराम्ररी प्रभावित भएका थिए । घाइतेहरुको उद्धार, उपचार र विपद् पश्चातको बन्दोबस्त गर्न कठिन भइरहेको थियो । रेडक्रस लगायत संस्थाहरुको सहायतामा अस्थायी आश्रय शिविरहरु बनाइए । महिला तथा बालबालिकाहरु औधी पीडित भएका थिए । आँधीले पश्चिमी भर्जिनियासम्म भयंकर बिनाश गरेको थियो । मिसिसिपी तटीय क्षेत्रमा हिरोसिमामा खसालिएको बमले गरेको बिनाश जस्तै बिनाश भएको थियो । लुजियाना र भर्जिनियामा धेरैले ज्यान गुमाए ।

आँधीपछि आँधीग्रस्त क्षेत्रमा अनौठो दृष्य देखिएका थिए । आँधी यति शक्तिशाली थियो कि ढुङ्गा समेत आकाशमा उडिरहेको देखिन्थ्यो । ढुङ्गा नै नपाइने क्षेत्रमा आँधीले ढुङ्गाहरु झारेका थिए । धेरै टाढा–टाढाका घरका अवशेषहरु अर्कै स्थानमा पुगेर खसेका थिए । मोटरहरु पार्क गर्ने ठाउँमा पानी जहाज र डुङ्गा आएर अडिन पुगेका थिए र कारहरु समुद्रमा तैरदैँ थिए । गाउँका घरका अवशेषहरु शहरमा झरेका थिए भने शहरका घरका अवशेष र सामानहरु गाउँतिर झरेका थिए । सामुद्रिक छालहरुले जमिनमा सामुदिक जीवहरु ल्याएर छाडेको थियो भने जमिनका जीवहरु (चौपायाहरु) समुद्रमा पु¥याएको थियो । क्यामिली आँधीले सबै उलटपुलट पारिदिएको थियो । उसले मानव सभ्यताकै उपहास गरेको थियो ।

प्राकृतिक विपद्लाई मानवले रोक्न त नसक्ला तर यसबाट जनधनको क्षति कम गर्न भने अवश्य सक्छ । यही सत्यलाई आत्मसात गरेकैले आजभोलि आउने प्राकृतिक विपद्मा जनधन क्षति कम हुन सकेको हो । जनचेतना पैmलाउने काम नेपालमा धेरै भए पनि वास्तवमा विपद् व्यवस्थापनमा नेपाल पछाडि नै रहेको पाइन्छ । कामना गरौँ राज्यका तर्पmबाट यथोचित सुधार हुनेछ ।

(विभिन्न सामग्री अध्ययनबाट)

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्