झापा ।

विश्वमा हरेक १५ मिनेटमा रेविज रोगका कारण एक जनाको मृत्यु हुने गरेको तथ्यांक छ।
नेपालमा भने यकिन तथ्यांक नभए पनि भने हरेक वर्ष रेबिजका कारण झण्डै ९ सय मानिसको मृत्यु हुने गरेको चिकित्सकको भनाइ छ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा मात्रै दैनिक १ सय ५० जना कुकुरको टोकाइबाट पीडित भएका व्यक्ति उपचारमा आउने गरेका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले जानकारी दिनुभयो। नेपालमा रेबिजको बारेमा अझैपनि जनचेतना कम हुँदा उपचारका लागि अस्पतालमा नजाने प्रचलन छ। रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो।
विश्व रेविज विरुद्धको दिवस नेपालमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइ। विश्व स्वास्थ्य संगठनको आह्वानमा सेप्टेम्बर २८ तारिखका दिन संसारभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ।
रेविज रोगलाई प्रमुख स्वास्थ्य समस्याका रुपमा लिदै विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा रेविजको अन्त्य गर्ने लक्ष्य राखेको छ।
रेविज रोग विरुद्ध झापामा पनि विभिन्न सचेतना मुलक कार्यक्रमहरु गरिएको छ भने सामुदायिक कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाइएको छ ।





























