विश्व पर्यटन दिवसमा प्रभातफेरि

११ आश्विन २०७६, शनिबार मा प्रकाशित

बिर्तामोड।

४०औं विश्व पर्यटन दिवसको अवसरमा बिर्तामोडमा प्रभातफेरि गरिएको छ । शुरुवाती कोठा नेपाल बिर्तामोड–५ झापाको आयोजना तथा झापाका दुई दर्जन भन्दा बढी संघ–संस्थाको सहकार्यमा प्रभातफेरि गरिएको शुरुवाती कोठा नेपालका अध्यक्ष सञ्जय बस्नेतले बताए ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन झापाको पर्यटनलाई प्रवद्र्धन गरौं, नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाऔं भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष बस्नेतले बताए ।

बिर्तामोडको हनुमान सेन्ट्रल परिसरबाट शुरु भएको विभिन्न जातजातिका झाँकीसहितको ¥यालीले बिर्तामोड नगरको परिक्रमा गर्दै पुनः हनुमान सेन्ट्रलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

शुरुवाती कोठा नेपालका अध्यक्ष सञ्जय बस्नेतको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शुरुवाती कोठा नेपालका सचिव द्वारिका निरौलाले पर्यटन दिवसको महत्व र संस्थाको बारेमा जानकारी गराउँदै स्वागत गरेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईले झापाको झापाको पर्यटनलाई प्रवद्र्धन गरेर बढीभन्दा बढी पर्यटक भित्र्याएर नेपाल भ्रमण वर्ष सफल बनाउनुपर्नेमा जोड दिइन् । कार्यक्रमको सञ्चालन संगिता बस्नेतले गरेकी थिइन् ।

गत साउन २ गते झापाको बिर्तामोड –५ मा उत्पादनशीलता र उद्यमशीलताका लागी शुरुवाती कोठा नेपालको स्थापना गरिएको संस्थाका अध्यक्ष सञ्जय बस्नेतले बताए । बस्नेतको अध्यक्षतामा गठन भएको संस्थाको उपाध्यक्ष एलिजा शिवाकोटी, सचिव द्वारिका निरौला, सहसचिव रोहित ओझा, कोषाध्यक्ष रविन पाठक रहेका छन् ।

त्यस्तै सदस्यहरुमा यज्ञराज कडरिया, आलोक कार्की, निरज श्रेष्ठ, प्रमिला बजगाईं, भगवति लिम्बू र बिद्या अधिकारी रहेका छन् । संस्थाले कृषि, पर्यटन, स्वरोजगार, शिक्षा, मानवता लगायतका क्षेत्रमा काम गर्ने बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here