मेचीनगर,

मेचीनगर नगपालिकाका प्रमुख विमल आचार्यले शनिबार झापाको मेचीनगर७स्थित सतिघट्टा चिया कमानमा कार्यरत महिला मजदुरहरुलाई कपडा वितरण गर्नुभएको छ । नगरप्रमुख आचार्यले उनीहरुको घर आगनमै पुगेर वडा नम्बर —७ का वडाध्यक्ष चन्दन मेचेको अगुवाईमानगर प्रमुख आचार्यले आफ्नै निजी लगानीमा महिला कामदारलाई साडी प्रदान गर्नुभएको हो ।
दशैं तिहार तथा छठलगायतका चाडपर्व हरेकका घर आगनमा भित्रिरहेका बखत आर्थिक अवस्था ज्यादैं न्यून भएका मजदुरलाई आफुले स्वतःस्फूतरुपमा कपडा वितरण गरेको बताउनुभयो ।

साडी पाएपछि मजदुर महिलाहरुको अनुहारमा खुशी देखिन्थयो । दशैं, तिहारलगायतका चाडपर्वमा जस्तै नहुनेहरुले एकसरो नयाँ लगाउनै पर्नै एकछाक भएपनि मिठो मसिनो खानैपर्ने परम्परा छ । चिया बगानमा कार्यरत महिलाहरुले चाडपर्वका बखत केही राहत होस भनेर कपडा प्रदान गरिएको वडा नम्बर —७ का वडाध्यक्ष मेचेले जानकारी दिनुभयो ।
त्यस क्रममा चिया बगानमा कार्यरत मजदुरहरुले नगर प्रमुख आचार्य समक्ष आफुहरुलाई पिउने पानीको समस्या भएको र त्यसको व्यवस्था मिलाईदिन आग्रह गरेका थिए ।
नगरप्रमुख आचार्यले सफा, स्वच्छ पानी पिउन पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार भएकाले तत्काल खानेपानीको व्यवस्था मिलाईदिने आश्वसन दिदैं सम्बन्धित वडाका जनप्रतिनिधिहरुलाइ यसबारेमा काम शुरु गर्न निर्देशन दिनुभयो ।






























