काठमाडौं । 
चिनियाँ राष्ट्रपति सी चिनपिङले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका नेताहरूले सामूहिक भेटवार्ता गरेका छन् ।
सोमबार बिहान साढे दस बजे राष्ट्रपति सीले सचिवालय सदस्यसँग सामूहिक भेट गरेका हुन्। भेटवार्तामा दुई देश र दुई कम्युनिस्ट पार्टीको पारस्परिक हित प्रवर्द्धनका विषयमा छलफल केन्द्रित भएको सचिवालय सदस्य तथा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए।
भेटका क्रममा दुई पार्टी र देशको सम्बन्धबारे छलफल भएको बताइएको छ । दुई दिने राजकीय भ्रमणमा नेपाल आइपुगेका सी स्वदेश फर्किएका छन् ।


























