आठ लाखको सामान बरामद

0
471

बिर्तामोड।

प्रहरीले काँकरभिट्टा नाकामा कडाई गरेपछि तस्करीमा सम्लग्नले भद्रपुर नाकाबाट भन्सार छलेर अवैध रुपमा सामान नेपाल भित्र्उने गरेको तथ्य खुलेको छ ।

कनकाई नगरपालिका–८ लक्ष्मीपुरमा भन्सार छलेर ल्याएको सामान बरामद गरेसंगै यस्तो रहस्य खुलेको हो । इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीको टोलीले मे १ ज २८२८ नम्बरको पिकअप गाडीमा राखेर दमक र उर्लावारी तर्फ लाँदै गर्दा लत्ताकपडा बरामद भएको हो ।

बरामद गरिएको लत्ताकपडा राजश्व कायार्मलय इटहरी पठाइएको जनाइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए ।

उता भद्रपुर–३ डाँगीबारीबमट नेपाल तर्फ ल्याउदै गरेको एक लाख मुल्य बराबरको मोटर पार्टस प्रहरीले बरामद गरेको छ । बरामद गरिएको सामन भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here