सुरुङ्गाका बेदान्तले जिते ‘सहारा सूर्योदय एक्स्टेम्पर स्पिच कन्टेस्ट’को उपाधी

0
520

झापा ।

सहारा सूर्योदय एक्स्टेम्पर स्पिच कन्टेस्ट २०७६ को उपाधी झापाको कन्काई नगरपालिका ४ सुरुङ्गामा रहेको मेरी गोल्ड अंग्रेजी माध्यमीक विद्यालयका बेदान्त तिम्सीनाले जितेका छन् । सूर्योदय टेलिभिजनले आयोजना गरेको यस प्रतियोगिताको उपाधी कक्षा १०मा अध्यनरत तिम्सीनाले जितेका हुन् ।

शुक्रवार भएको फाइलल प्रतियोगितामा भद्रपुर नगरपालिका २ मा रहेको ज्ञानसरोबर माध्यमिक विद्यालयमा कक्षा ९मा अध्यनरत रीना घिमिरे दोश्रो,अर्जुनधारा नगरपालिका ६मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ९मा अध्यनरत निलिमा लिम्बु तेश्रो भएकी छिन् । यस्तै अर्जुनधारा नगरपालिका ७ को रुपरत्न मेमोरीयल अंग्रेजी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्रा चर्चिता लुईटेल र अर्जुनधारा नगरपालिका ५मा रहेको देवभूमी विद्यालयमा कक्षा ९मा अध्यनरत छात्रा दिक्षा भट्टराईले सान्तवना पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँका साथै ट्रफी,मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी दोश्रो,तेश्रो र सान्तवना हुनेले क्रमश १५ हजार,१० हजार र ४,४ हजार रुपैयाँ सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगिताका विजेताहरुलाई सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेती, प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेती,सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्र गिरी ,कार्यक्रमका प्रमुख अतिथि प्रा.डा पृथ्वी विक्रम राई लगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताको निर्णायकमा असोसिएट प्रोफेसर तथा वरिष्ठ संचारकर्मी शिरोमणी खतिवडा‘सिरो सान्दाई’, विविसि नेपाली सेवाका संवाददाता उमाकान्त खनाल र मेची बहुमुखी क्याम्पस भद्रपुरकी अध्यापक गायत्रा सुवेदी रहेकी थिइन् ।

प्रदेश नम्बर १ का झापा, मोरङ र इलामका शिक्षा प्रमुखको सल्लाह, सुझाव र सिफारिसका आधारमा निजी र सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सहारा सूर्योदय एक्स्टेम्पर स्पिच कन्टेस्टमा सहभागी गराईएको सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक बिष्णु मैनाली उप्रेतीले बताईन् ।

गत भदौ देखि शुरु प्रतियोगितामा ७० वटा विद्यालयका १ सय ३० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतिस्पर्धीमा रहेको विषयवस्तु,भाषाको ज्ञान र प्रस्तुतिकरणका आधारमा विजेता छनोट गरीएको प्रतियोगिताका संयोजक देवी गौतमले जानकारी दिए ।

सहारा नेपाल साकोसको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगितामा पाथीभरा सिने प्लाजा एण्ड बैङ्क्वेट,कंचनजंघा इन्सिटीच्युट एण्ड हेल्थ साइन्सेस,डोइन टिभी नेटवर्क,ब्रोड लिङ्क,मेची स्पेश लिङ्क,मनकामना कलेज र डिभाइन डोर्सले प्रायोजन गरेको थियो । सूर्योदय टेलिभिजनले स्पिच कन्टेस्ट,क्वीज लगायत शिक्षा क्षेत्रमा विभिन्न महत्वपुर्ण कार्यक्रमहरु गर्दै आएको छ । सूर्योदय एक्स्टेम्पर स्पिच कन्टेस्टको सिजन–२ आगामी बैशाखबाट शुरु गरीने टेलिभिजनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here