‘भारतीय ठेकेदार हटाउनुपर्छ’

0
510

भारतीय ठेकेदारका कारण नेपाली निर्माण व्यवसायी मारमा परेका छन् । कतिपयले आफ्नो व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्था आएको साना निर्माणकर्मीहरुको भनाइ छ । राज्यलाई कर तिरेर राज्यले तोकेको मापदण्डभित्र रहेर भवन निर्माणको काम गरिरहेका साना निर्माणकर्मीहरुलााई राज्यले संरक्षण गर्नुपर्ने आवाज उठिरहेका बेला झापामा भारतीय ठेकेदारका कारण कतिपय निर्माण व्यवसायी पलायन भएका छन् । यसै विषयमा साना निर्माणकर्मी संघका अध्यक्ष र सचिवसँग गरिएको कुराकानी :

राजु राजवंशी सन्तोषः अध्यक्ष

झापामा साना निर्माणकर्मी संघको आवश्यकता किन प¥यो ?

– हामी साना निर्माणकर्मीहरु हिजोका दिनमा विभिन्न ट्रेड युनियनमा आवद्ध भएका थियौं । तर, मजदुरलाई समस्या पर्दा, निर्माणकर्मीलाई समस्या पर्दा उनीहरुले हामीलाई हेरेनन् । जसका कारण हामीहरु टे«ड युनियनमा आवद्ध भएको नभएको एकै जस्तै मात्र भयो । श्रमिकलाई यिनीहरुले आफ्नो हक र अधिकार दिलाउनुपर्छ भन्ने विषयमा कहिले पनि नबोल्दा निर्माणकर्मी र निर्माण मजदुर मारमा परे । अहिलेको जल्दोबल्दो समस्या भनेको आप्रवासी निर्माणकर्मीको छ । भारतबाट आएर खुलेआम घर ठेक्का लिँदै घर बनाउँदै गर्दा हामीहरु राज्यलाई कर तिरेर यो पेशामा आवद्ध भएकाहरु पलायनको अवस्थामा छौं । कतिपय त यो पेशा परिर्वतन गर्दै अरु पेशा रोज्न बाध्य छन् । कतिले सीटी र अटो कुदाउँदैछन् भने कतिले ठेला ठेल्नुपर्ने बाध्यता आयो ।

विदेश जाँदा पनि एक÷डेढ लाख रुपैयाँ मेनपावरमा जम्मा गरेर जान्छौं । केका लागि जान्छौं श्रम गर्न जान्छौं । हाम्रो सीमाना खुल्ला छ नेपालका श्रमिक भारतमा र भारतका श्रमिक नेपालमा काम गर्न पाउनुपर्छ । तर, यहाँ समस्या कहाँ छ भने भारतका श्रमिकहरु र निर्माणकर्मीहरु नेपाल आएर काम गर्दा स्थानीय निर्माणकर्मी र ठेकेदारको समन्वयमा वा मातहतमा मात्र गर्नुपर्ने हुन्छ ।

तर, भारत लगायत तेस्रो देशबाट आएका निर्माणकर्मीले जथाभावी घर निर्माणको ठेक्का लिँदा हाम्रो व्यवसाय चौपट भएको छ । तर, यहाँका श्रमिकहरुले भुकम्प प्रतिरोधात्मक तालिम लिएका छन् । राज्यलाई कर तिरेका छन् । उनीहरुनै अहिले राज्यको नजरमा उपेक्षामा छन् । तसर्थ, हामी निर्माणकर्मीको हकहितका लागि हामी संगठित भएका हौं । यसमा हामी कुनै राजनीतिक पार्टीमा सक्रिय नभएका व्यक्तिहरु मात्र छौं । यहाँ यो पार्टी र त्यो पार्टी भन्ने केही छैन ।

झापामा श्रमिकको अवस्था कस्तो छ ?

– समग्रमा भन्नुपर्दा झापामा २० हजारको हाराहारीमा श्रमिक छन् । त्यसमा पनि पाँच सयको हाराहारीमा भुकम्प प्रतिरोधात्मक तालिम लिएका श्रमिक छन् । दुई सयको हाराहामीमा राज्यलाई कर तिरेर व्यवसाय गर्ने निर्माणकर्मी छन् । हामीले पनि भर्खर साना निर्माणकर्मीलाई तालिम दिएका छौं । ४२ जनालाई हामीले भुकम्प प्रतिरोधात्मक तालिम दिएर दक्ष बनाएका छौं । उनीहरुलाई नगरपालिकामा लगेर दर्ता समेत गराएका छौं । त्यहाँ कर तिरिन्छ । भुकम्प प्रतिरोधात्मक तालिम लिएका पाँच सयदेखि छ सयको हाराहारीमा रहेका निर्माणकर्मी डरले व्यवसाय दर्ता गर्न सकिरहेका छैनन् । व्यवसाय दर्ता गरौं काम छैन, काम नभएपछि राज्यलाई कसरी कर तिर्ने यस्तो अवस्था छ । यो सबै कसले बनायो आप्रवासी निर्माणकर्मीले हो । जसका कारण यो पेशा र व्यवसायमा रहेका निर्माणकर्मी र मजदुर अहिले टेम्पो चलाउने अवस्थामा पुगेका छन् ।

यो निगरानी नगरपालिकाले गर्नुपर्ने हो । नगरको काम हामी गरिरहेका छौं । किनकि भारतीय निर्माणकर्मीले बनाएका घर कसरी नगरपालिकाबाट पास हुन्छ ? यो पास हुनबाट तुरुन्त रोक्नुपर्छ । यो काम स्थानीय सरकारको हो तर निगरानी हामीले गर्नु परिरहेको छ । यो काम हामीले गर्नु हुने हो कि होइन तपाई आफैं विचार गर्नुहोस् । निगरानी नहुँदा हामी लिगल व्यवसाय गर्नेहरु मारमा छौं । नगर्दा दिन प्रतिदिन भारतीय निर्माणकर्मीले हामीलाई पलायनको अवस्थामा पु¥याइसकेका छन् । नगरपालिकालाई हामीले पटक – पटक भारतीय निर्माणकर्मीले ठेक्कापट्टा गर्न पाउँदैनन् भनेर माइकिङ गरिदिनुहोस् भन्दा समेत सुनुवाई भएको छैन ।

नगरपालिकाले माइकिङ गर्दा छुट्टै प्रभाव पर्छ । घर बनाउँदै गर्दा अपनाउनुपर्ने मापदण्ड के हो ? घरको नक्सा बनाएपछि नक्सा अनुसारको काम भएको छ कि छैन ? यस्ता कुराको ज्ञान हुन जरुरी छ । भारत लगायत तस्रो देशबाट आएक आप्रवासीले त्यो गरिरहेका छन्÷छैन । घरधनीले समेत जान्न जरुरी छ । नक्सा बनाएपछि एकपटक इञ्जिनियरलाई गराउनुपर्छ त्यो सुपरभिजन गर्ने चलन छैन । त्यो गरेको खण्डमा घर सुरक्षित हुन्छ । घरको आयु बढ्छ । तर, यहाँ घरधनीले ठेकेदारलाई विश्वास गरेको अवस्था छ इञ्जिनियरको छैन । हामीले इञ्जिनियरको पनि विश्वास गर्नुपर्छ । त्यससो गरेको खण्डमा मात्रै हामाीले बनाएको घर सुरक्षित हुन्छ ।

झापामा कति घर निर्माण होलान् वार्षिक रुपमा । अनि बिर्तामोडको अवस्था के छ ?

– झापामा पछिल्लो समय घर निर्माण हुने क्रम डरलाग्दो छ । पहाड विस्तारै खाली हुँदैछ भने त्यसको चाप झापा लगायत तराई क्षेत्रले थेग्नु परेको अवस्था छ अहिले । बिर्तामोडको मात्रै कुरा गर्ने हो भने पनि पाँच सयदेखि झण्डै एक हजारको हाराहारीमा बिर्तामोडमा प्रत्येक वर्ष नयाँ घर बन्छन् । त्यति नै संख्यामा बनेका घरमाथि तला थपिन्छन् । समग्रमा भन्दा बिर्तामोडमा मात्रै दुई हजारदेखि दुई हजार पाँच सयसम्म घर बन्छन् ।

भारत लगायत तेस्रो देशबाट आउने निर्माणकर्मीले सस्तोमा घर निर्माण गर्ने र नेपालका निर्माणकर्मीले चाहि“ घर निर्माण गर्दा मह“गो पर्छ भन्छन् नि । के कारण यस्तो भएको होला ?

– एकआपसमा बुझाबुझ नभएका कारण यस्तो भनिएको हो । नेपालका श्रमिकले अहिले पाँच सय १७ रुपैयाँ ज्याला पाउँछन् । त्यो पाएका छैनन् भने राज्यलाई उजुरी गरेको खण्डमा काम लगाउने माथि कारवाही हुन्छ । राज्यले तोकेको रकम नदिने हो भने म विरुद्ध पनि उजुरी गरे हुन्छ । तर, भारतबाट आउने मजदुरलाई दुई सय रुपैयाँ भारुमा काम लगाइन्छ । अब यहीबाट फरक पर्छ हामी राज्यलाई कर पनि तिरिरहेका छौं अनि राज्यले तोकेको रकम श्रमिकलाई दिइरहेका छौं । सरकारी मपदण्डमा रहेर भुकम्प प्रतिरोधात्मक घर पनि निर्माण गर्छाैं त्यसकारणले एक दुई रुपैयाँ घटबढ भएको हो ।

तर, भारतीय निर्माणकर्मीले निर्माण गरेका घरहरु तपाई आफैं हेर्नुहोस् कतिवटा मापदण्ड पूरा गरेर घर निर्माण गरिएको हुन्छ । यसबाटै प्रष्ट हुँदैन र को सही को गलत भन्ने विषय । हामी राम्रो र गुणस्तरी काम गर्छाैं । तसर्थ, रकममा थोरै तलमाथि परेको हुनसक्छ । तर, यो होइन कि हामीले निर्माण गर्ने घर कता हो कता महँगा हुन्छन् ।

भारतबाट आएका बाँसे टेका भएका निर्माणकर्मी र हामी स्काफोल्डिर प्रयोग गरेर बनाउनेले सोही अनुसारको रेट लिन्छ नि होइन र ? अनि श्रमिक नै तीन सय २० रुपैयाँमा उनीहरुले पाउने हामीले चाहिँ पाँच सय १७ रुपैयाँ न्युनतम् दिनुपर्ने भएपछि रेटमा चाहिँ फरक परेकै हो । तर, गुणस्तरको कुरा हेरौ न यहाँ । अहिले सस्तोमा घर बनाएर गुणस्तरीय भएन भने पछि पछुताउनुको विकल्प छ ? छैन नि । त्यसो भएको हुँदा यहीका निर्माण व्यवसायीलाई काम लगाऔं, केही परे उनीहरुले तपाईहरुलाई हेरिदिन्छन् । तर, भारतबाट आएका निर्माणर्मी कहिल्यै घर बनाएपछि फर्किएर आएका छन् । घर बिग्रियो भने कसलाई समात्ने ? आफैं विचार पु¥याऔं । सस्तोको नाममा गुणस्तरसँग सम्झौता नगर्न म सबैलाई आग्रह गर्छु ।

अन्त्यमा ?

– हामी नेपाली साना निर्माण व्यवसायीहरुलाई सहयोग गरिदिनु प¥यो भन्दै अहिले हामीले जिल्ला प्रशासन कार्यालय, नगरपालिका र प्रत्येक स्थानीय तहका वडा वडामा पत्र पठाएका छौं । आप्रवासी ठेकदारद्वारा निर्माण भइरहेका कामको निगरानी गरिदिनु प¥यो भन्दै पत्र पठाउँदा बिर्तामोड नगरपालिका वडा नम्वर २ सहितका केही वडाले चाहिँ सहमति जनाउँदै हुन्छ भनेको अवस्था छ । अहिले बिर्तामाड– २,४,१,६ सहित अन्य वडाले पनि हेरि दिने हो भने पक्कै पनि हाम्रो व्यवसाय मारमा पर्ने थिएन । यो अवसरमा यी वडाका वडा अध्यक्षहरुलाई धन्यवाद दिन चाहन्छौं ।

‘सबै मजदुरलाई सुरक्षित गर्न विमा गराउँदैछौं’

श्यामबहादुर बस्नेतः सचिव

निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको बिमा शुरु गर्नुभएछ यो राम्रो पक्ष हो यसलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
– झापा जिल्लाभरि रहेका निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई सुरक्षित राख्न जिल्लामै पहिलो पटक हामीले मजदुरको बिमा प्रक्रिया शुरु गरेका हौं । यसले गर्दा घरधनी, मजदुर र हामी साना निर्माणकर्मी सबै सुरक्षित हुन्छौं । घर निर्माण गर्दागर्दै कोही मजदुर घाइते भए उपचारका लागि कि त घरधनीले खर्च गर्नुपर्ने हुन्छ कि निर्माणकर्मीले खर्च गर्नुपर्ने हुन्छ ।

दुबै पक्षले खर्च नगरेको अवस्थामा मजदुर आफैंले कसरी खर्च गरेर उपचार गर्न सक्छ ? यो गम्भीर समस्या रहेको छ । यस्तो गम्भीर परिस्थितिमा हामीले मजदुरको हितका लागि विमा प्रक्रिया शुरु गरेका हौं । केहीले बिमाबाट रकम लिइसकेका छन् । घर निर्माणका क्रममा घाइते भएका मजदुरलाई हामीले उपचारका लागि सहयोग गर्न शुरु गरेका छौं । जनरल इन्स्योरेन्स कम्पनीसँग सहकार्य गर्दै हामीले यो अभियान चलाएका हौं । अव बिमा गरेको जुनसुकै साइडका काम गर्ने निर्माण मजदुर घाइते भए बिमाले रकम व्यहोरिदिन्छ ।

मजदुरका हितका लागि बिमा प्रक्रिया कहिलेबाट शुरु गर्नुभयो ?

– हामीले २०७६ असार १३ गतेबाट मजदुरको बिमा प्रक्रिया शुरु गरेका हौं ।

कति साना निर्माणकर्मीको बिमा गर्नुभयो तपाईहरुले ?

– हामीले एक वर्षभित्र निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरु मध्ये ३५ जनालाई बिमा रकम प्रदान गर्नेगरी प्रक्रिया थालेका छौं । अहिले तत्काल हामी ३५ जनालाई बिमाको रकम दिन सक्छौं । तर, यो क्रमलाई निरन्तर बढाउँदै जान्छौं । निर्माणका क्षेत्रमा घाइते भए वा मृत्यु भएमा पनि हामीले बिमाङ्क रकम सहजरुपमा प्रदान गर्दै उनीहरुलाई सहयोग पु¥याउन सक्छौं । काम गर्ने क्रममा कुनै मजदुरको मृत्यु भए हामी मृतकको परिवारलाई सात लाख रुपैयाँसम्म रकम प्रदान गर्न सक्छौं ।

– साना निर्माणकर्मी संघले ज–जसले भुकम्प प्रतिरोधात्मक तालिम लिएका छन् उनीहरुको हामीले बिमा गरिरहेका छौं । ज–जसले ठेक्का पट्टाको दक्षता हाँसिल गरेको छ उनीहरु मध्ये एक सय ५५ जना जति हामी संगठित भएका छौं । उनीहरु मध्ये एक जनासँग ५०÷५५ जना मजदुर हुन्छन् र उनीहरुको बिमा अहिले गरिरहेका छौं । तर, निर्माणकर्मीले म यो साइडमा काम गर्छुु भन्दै साना निर्माणकर्मी संघमा जानकारी गराउनुपर्छ । त्यसो गरेको खण्डमा एक वर्षभित्र त्यो साइडमा काम गर्दा कोही मजदुर घाइते भए व काम गर्ने क्रममा मृत्यु भए उनीहरुलाई बिमाङ्क रकम प्रदान गर्छाैं ।

निर्माण व्यवसायमा सम्बद्ध रहेको र तपाईहरुस“ग संगठित नभएकालाई चाहि के गर्नु हुन्छ ?

– त्यस्ता व्यवसायीलाई पनि संगठित हुन हामीले आह्वान गरिरहेका छौं । उनीहरु पनि संघमा आवद्ध हुँदै हाम्रो अभियानलाई सहयोग पु¥याएर हामीलाई मात्र होइन, जो यो क्षेत्रमा लाग्नुभएको छ सबैलाई फाइदा पुग्छ । तसर्थ, म सबै साना निर्माणकर्मी साथीहरुलाई संघमा आवद्ध हुन आग्रह गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here