विद्यार्थीलाई नैतिकवान बनाउन सुझाव

0
1083

बिर्तामोड।

मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले विद्यार्थीमा नैतिक शिक्षाको कमी हुँदै गएको बताएका छन् ।

उनले सोमबार झापाको बिर्तामोडस्थित क्रिएटिभ इन्टरनेशनल एकेडेमीको प्रथम बार्षिकोत्सवको उद्घाटन गर्दै संस्कारी शिक्षा विना विद्यर्थी नैतिकवान बन्न नसक्ने बताएका छन् । विद्यालय नै विद्यार्थीको संस्कार सिक्ने थलो भएकाले सबै शिक्षकलाई कितावी ज्ञानसंगै संस्कार सिकाउन आग्रह गरे ।

एकेडेमीका संस्थापक अध्यक्ष एजाज अहमद अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व राज्य मन्त्री जाकिर हुसेन, , संसद मिया, लगायतको आतिथ्य थियो ।

विद्यालयका प्रिन्सिपल रहमत अन्सारीले विद्यालयको शैक्षिक अवस्थाका विषयमा जानकारी गराएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्वर १ का वडा कार्यवहाक अध्यक्ष प्रेम खरेलले बिर्तामोड नगरपालिकाले विद्यार्थीलाई आचरण शिक्षा सिकाउन शुरु गरेको भन्दै बिर्तामोडका सबै विद्यालयमा विद्यार्थीले आचरण शिक्षा सिकिरहेको जानकारी गराए ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको विद्यायकी शिक्षक सीता मैनालीले जानकारी दिइन ।

उर्दू अरवी शिक्षक इक्वल हास्मीले नवाज पाठ गरेको कार्यक्रमको सञ्चालन शिक्षक शोभा गौतमले सञ्चालन गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here