काँकरभिट्टा ।

केही दिनदेखि बजारमा तरकारी र फलफूलको मुल्यमा वृद्धि भएको छ ।
जिल्ला प्रशासन कार्यालय झापा र मेचीनगर नगरपालिकाको नेतृत्वमा सोमबार भएको बजार अनुगमनका क्रममा यस्तो फेला परेको हो । काँकरभिट्टाका तरकारी र फलफूल व्यवासयीले थोक विक्रेताले नै मुल्य बढाएपछि खुद्रा व्यपारीले मुल्य बृद्धि गर्नुपरेको बताए ।
फलफूलमा स्याउ, सुन्तला तथा तरकारीमा आलु टमाटरलगायतका वस्तुमा एक्कासी मुल्य बढेको टोलीले फेला पारेको थियो । २५ सय रुपैयाँको क्रेडको सुन्तला ६५ सय सम्म पुगेको छ ।
यस्तो परिस्थितीमा व्यवसायीले आफ्नो मनखुशी मुल्य बृद्धि गरे कारवाही गर्ने भन्दैं सजग समेत गराएको छ । टोलीले कोशी त्रिशक्ति मेची ग्यासको आधिकारीक डिलर तथा केही औषधि पसलको अनुगमन गरेको थियो । ती डिलरहरुले ग्यासको अभाव नहुने विश्वास दिलाएका थिए ।
टोलीमा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, जिल्ला प्रशासन कार्यालय झापाअधिकृत लक्ष्मीप्रसाद खरेल,नायव सुब्बा मेघराज निरौला, घरेलु कार्यालयका विनोदप्रसाद न्यौपाने, आन्तरिक राजस्व कार्यालय मेचीका नायव सुब्बा बालकृष्ण दंगाल, मेचीनगर नगरपालिका खाद्य अधिकृत दीपेन्द्रकुमार कार्की, मेचीनगर नगरपालिका प्रेस संयोजक लक्ष्मी उप्रेती, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव निरीक्षक डम्वरबहादुर वस्नेतलगायतको सहभागिता थियो ।































