कोरोना उपचारका लागि बीएण्डसी हस्पिटल सरकारलाई दिने प्रसाईको घोषणा

0
760

बिर्तामोड ।

झापाको बिर्तामोडमा रहेको बी एण्ड सी मेडिकल कलेजले कोभिड–१९ का सम्भावित र संक्रमित बिरामीको उपचारका लागि आफ्नो अस्पताल र जनशक्ति सरकारले प्रयोग गर्न चाहे दिने निर्णय गरेको छ ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै १ सय आईसीयु, २५ भेन्टिलेटर, ८ सय नर्मल बेड र ५ सय सैय्या क्वारेन्टाइनमा राखी उपचार गर्न सक्षम रहेको अस्पताल सरकारलाई दिन तयार रहेको जनाएका हुन् ।

उनले अस्पतालमा कोभिड–१९ को लागि उपचार गर्न सरकारले आवश्यक उपकरण एन नाइन्टी फाइभ माक्स, पर्सनल प्रोटेक्टीभ इक्वीपमेन्ट( पीपीई) र परिक्षण किट उपलब्ध गराइदिए आफ्नो अस्पताल र जनशक्ति सरकारले प्रयोग गर्नसक्ने उल्लेख गरेका छन् ।

सरकारले सुरक्षा उपकरण उपलब्ध गराइदिए अस्पतालमा कार्यरत एक सय पाँच जना चिकित्सक र सबै स्वास्थ्यकर्मी उपचारमा संलग्न रहने प्रतिवद्धता पनि उनले जनाएका छन् ।

सरकारले आवशयक उपकरण उपलब्ध गराए बीएण्डसीले कोरोनाको उपचार गर्ने तर आवश्यक पर्ने सामग्री उपलब्ध गराउन सरकारले नसकेकाले चाहेर पनि आफुहरुले उपचार गर्न नसकेको प्रसाईको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here