माछा पोखीमा डुबेर एक जनाको मृत्यु

१४ चैत्र २०७६, शुक्रबार मा प्रकाशित

मोरङ।

मोरङको मिक्लाजुङ गाउँपालिका–५ धानखेती घरभएका २२ बर्षीय जीवन बिकको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।

आज दिउँसो पौने २ बजेको समयमा आफ्नै घर नजिक रहेको माछा पोखरीमा बिक मृत फेला परेका हुन्। पोखरीमा डुबेर मृत अवस्थामा आफन्तले देखे पश्चात प्रहरीलाई खबर गरेका थिए।

त्यस लगत्तै ईलाका प्रहरी कार्यालय उर्लावारीबाट प्रहरी टोली पुगेको र घटनाको सम्बन्धमा अनुसन्धान शुरु गरेको जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here