लागूऔषध प्रयोगकर्तालाई राख्न मेचीनगरमा विशेष क्वारेन्टाइनको व्यवस्था

0
623

लक्ष्मी उप्रेती / मेचीनगर,

झापा मेचीनगर— १० धुलावारीका ४१ वर्षिय रमेश कार्र्की नाम परिवर्तन निक्कै हुने खानेका सन्तान हुन् । कक्षा १२ सम्म पढेको बताउने कार्कीले २०७२÷०७३ साल देखि चुरोट सेवन गर्न सिके । चुरोट खान थालेको ५ वर्ष आइपुग्दा उनले गाजा, चरेश, ब्राउन सुगर, नाइट्रोजन प्रोक्सिवन ट्याव्लेट कुनै बाकी राखेनन् खान । अहिले उनी लागूऔषधकोे दुव्यर्सनी बने ।

चारवर्ष अघिदेखि चुरोट खान थालेका मेचीनगर— ६ काँकरभिट्टाका २२ वर्षीय विशान्त लिम्बु नाम परिवर्तनले यहाँसम्म आइपुग्दा नखाएको कुनै लागूऔषध छैन् । दिनभरि मजदुरी गर्ने र त्यसबाट आएको पैसाले लागूऔषध खरिद गरी साँझ सेवन गर्नुपर्ने उनको दैैनिकी नै बनेको थियो ।

ंकार्की र लिम्बु र केही प्रतिनिधि पात्रमात्र हुुन यस्तो लागूऔषधको दलदलमा फस्ने युवाहरुका । उनीहरु जस्ता धेरैको फेररिस्ता काँकरभिट्टा प्रहरीसँग सुरक्षित छ ।

नोवल कोरोना भाइरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि भन्दैं एकसाताका अघिदेखि नेपाल सरकारले देशव्यापी लकडाउन गर्ने निर्णय गरेको थियो । तर लकडाउन कार्यान्वयन गर्न स्थानीय प्रशासनलाई यतिखेर लागूऔषध प्रयोगकर्ता मुख्यः चुनौती बनेका छन् ।

गतवर्षको चैत ११ गतेदेखि लागु हुने गरी सरकारले पटक पटक गरेर बैशाख १५ गतेसम्मको लकडाउन अवधि अहिले बैशाख २५ गतेसम्म पुर्याउने मन्त्री परिषदले निर्णय गरेको छ । सरकारले सीमा नाकामा मानवीय आवतजावत ३१ गतेसम्म,हवाई उडान जेठ २ गतेसम्म बन्द गरेको छ । तर प्रहरीलाई यी कुरा पूर्णरुपमा कार्यान्वयनमा ल्याउन धौ धौ परेको छ ।

‘शुरुमा साथीभाइको लहै लहैमा लागेर चुरोट खान थाले अहिले केही बाकी राखिन ’ दुई सन्तानका बाबु कार्कीले भने —‘बल्ल जीवनको महत्व बुझे परिवार समेत मेरै कारणले जताततै छन् नानीहरु अहिले मावलमा छन, मेरो घर नै लागूऔषले लथालिङ भयो यहाँबाट गएपछि अब म सुध्रिन्छु घर परिवार समहाल्छु समयमै तपाईहरुले यहाँ ल्याईदिनुभयो । ’

कक्षा १२ सम्म पढेका लिम्बुपनि शुरुमा साथीभाईकै लहैलहैमा लागेर यस्तो कुलतमा लागेको बताउछन् । परिवारबाट असल संस्कार पनि नपाएका कारण यो बाटो रोजेको उनको भनाई छ ।

लागूऔषध प्रयोगकर्ता लकडाउन कार्यान्वयनमा समस्या बनेको भन्दैं अहिले झापाकोे मेचीनगर–८ स्थित आदर्श माध्यमिक विद्यालय आयावारीलाई विशेष कवारेन्टाइनको रुपमा खडा गरिएको छ । यसअघि उक्त क्वारेन्टाइनमा विदेशबाट आएकाहरुलाई राख्ने गरिएको भएपनि अहिले त्यहाँ लागूऔषध प्रयोगकर्तालाइ राख्ने गरिएको छ । मेचीनगर नगरपालिकाले सञ्चालनमा ल्याएको उक्त क्वारेन्टाइनमा अहिले झापासहित मोेरङ, इलाम र सुनसरीका ३८ जना लागूऔषध प्रयोेगकर्तालाई राखिएको छ ।

मेचीनगरमा लागू औषधका प्रयोगकर्ताहरुलाई क्वारेन्टाइनमा राखेर कुलतबाट छुटाउने नयाँ जुक्तिका रुपमा यो उपाय शुरु गरिएको हो । क्वारेन्टाइनमा कम्तीमा १४ दिन बसेपछि उनीहरुको बानी सुध्रियोस् भनेर यो उपाय सुरु गरिएको नगर प्रमुख विमल आचार्यको भनाई छ ।

क्वारेन्टाइनमा राखिएकाहरु पनि यहाँ बस्न पाउदा खुशी नै छन् । पुनःस्थापना केन्द्रका सञ्चालकहरुले उनीहरुलाई परामर्श दिने, स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाउने र क्वारेन्टाइनमा कडा सुरक्षाका साथ राखिएका उनीहरुको औषधि उपचारदेखि सम्पूर्ण आर्थिक व्यवस्थापनको भार नगरपालिकाले व्यहोर्ने छ ।

क्वारेन्टाइनका बारेमा जानकारी दिदैं सुरक्षाकालागि खटिनु भएका प्रहरी नायव निरीक्षक विष्णुप्रसाद सापकोटाले सामाजिक दुरी कायम गरेर उनीहरुलाई राखिएको बताए । शुरुमा लागूऔषध प्रयोगकर्तालाई क्वारेन्टाइनमा राख्न ल्याउदा उसको शरीरभरि स्प्रे गर्ने, सावुन पानीले राम्ररी हात धुन लगाउने तथा सेनीटाइजर प्रयोग गरेरमात्र क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको प्रहरी नायव निरीक्षक सापकोटाले बताए । विशेष गरी प्रहरीले उनीहरुका आफ्न्तहरुलाई खवर गरेर उनीहरुका लगाउने लुगा तथा झुललगायतका अन्य सामग्री मगाउने गरेका छन् । आवश्यक परेका बखतमात्र उनीहरुका अभिभावकहरुलाई प्रवेश गर्न दिइने गरिएकोे छ । प्रहरी नायव निरीक्षक सापकोटाको कमाण्डमा नौजना सुरक्षाकर्मी २४ सै घण्टा क्वारेन्टाइन सुरक्षार्थ खटिने गरेका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार लागूऔषध प्रयोग गरेको सूूचना पाए वा प्र्रहरीलाई शंका लागे घररेबाटै नियन्त्रणमा लिने गरिरएको छ । यसका लागि मेचीनगर नगरपालिकाकातर्फबाट एउटा एम्वुलेन्स तयारी अवस्थामा राखिएको छ । कहि कतैबाट सूचना प्राप्त भए प्रहरीको गाडी र एम्बुलेन्ससँगै जाने गरेका छन् । प्रहरीले पक्राउ गर्छ र एम्बुलेन्समा हालेर क्वारेन्टाइनसम्म पुर्याउने गर्दछ ।

झापाको मेचीनगरमा रहेका तीनवटा नवयात्रा, सनराइज र स्वतन्त्र फाउण्डेशन पुनःस्थापना केन्द्रको प्र्राविधिक सहयोगमा विशेष क्वारेन्टाइन सञ्चालनमा ल्याएपछि अहिले मेचीनगरमा लागूऔषध प्रयोगकर्ताको विगविगी स्वात्तै घटेको छ । उनीहरुलाई क्वारेन्टाइनमा राखेर विभिन्न रचनात्मक काम सिकाउने नवयात्रा पुनःस्थापना केन्द्रका अध्यक्ष भीम लुईटेल क्षेत्रीले बताए ।

‘विहानदेखि बेलुकासम्मकै उनीहरुको आफ्नै समय तालिका छ । खाजा, खानालगायतका सवै कुरा तालिका अनुसार उनीहरुले प्राप्त गर्दछन् ’ लुईटेलले भने —क्वारेन्टाइनमा थुप्रै रचानात्मक गतिविधि हुन्छन् । लागूऔषलार्ई लक्षित गरेर लागूऔषध सम्बन्धि कक्षा सञ्चालन हुन्छ । लागूऔषधबाट कसरी बच्ने ? यसले मानव शरीरमा पार्ने असरहरु के के हुन ? क्वारेन्टाइनबाट गइसकेपछि समाजमा आफु कसरी पुनःस्थापना हुने ? एउटा स्वास्थ्य र असल समाज कसरी निर्माण गर्ने यसै विषयमा कक्षा सञ्चालन हुन्छ । यो सँगै योग ध्यानलगायत पिटी सवै खेलाइन्छ । प्रत्येक कोठामा टेलिभिजनको व्यवस्था छ । ’

लागूऔषध प्रयोगकर्ताहरुलाई अहिले प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेर विभिन्न चेतनामुलक काम र सीप सिकाउन थालेपछि उनीहरुका अभिभावकहरु समेत खुशी छन् । ‘यहाँ चाँहि छोरो सुध्रिने कुरामा म ढुक्क छु ’ मेचीनगर १० की रञ्जना खनाल नाम परिवर्तनले भनिन् ‘ यसको बाबु खस्दा यो सानै थियो , मेरो श्रीमान खसेको पनि ११ वर्ष भयो । यसैलाई बुढेसकालको साहारा ठाने अहिले यो पनि कुबाटोमा लाग्यो यसलाई सपारेर पठाइदिनुहोस सर म धेरै खुशी छु तपाईहरुले यहाँ राखि दिएकोमा । ’ उनकै जस्तै खुशी व्यक्त गर्छिन मेचीनगर— ६ नकलबन्दाकी प्रतिमा उराउ नाम परिवर्तन । उनका छोरा समेत लागूऔषको दलदलमा फसिकसेका थिए । छ दिन देखि छोरा फारेन्द्र विशेष क्वारेन्टाइनमा छन् ।

उनीहरुलाई सुधारगृहकै विधि प्रयोग गरी कुलतबाट छुटकारा दिलाउनु पर्ने भएको हुँदा मनोपरामर्शका लागि नगरक्षेत्रकै सुधार केन्द्रका विज्ञहरुलाई पालो मिलाएर क्वारेन्टाइनमा परामर्शका लागि व्यवस्था मिलाइएको उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ ।

लकडाउन बन्दाबन्दीले लागूऔषध व्यापारको जालो भत्किएपछि कुलतमा लागेका कतिपय य्ुवा रातिको समयमा समेत सुरक्षाकर्मीको आँखा छलेर सीमा क्षेत्रबाट भारततिर पस्ने गरेको घटनामा बढोत्तरी भएपछि प्रहरी निगरानी बढाएको प्रहरी नायव उपरीक्षक पोखरेलको भनाई छ ।

स्थानीय राजनीतिक दलहरुसँगको सहमतिमा नगरपालिकाले गरेको निर्णय अनुसार कुलतमा लागेका व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्न थालेको नगरपालिकाले जनाएको छ ।

बन्दाबन्दीको अवज्ञा गर्दै पूर्वी नाकाबाट भारततिर जाने र स्थानीयवासीलाई त्रसित बनाउँदै जथाभावी हिँड्ने लागू औषध प्रयोगकर्ताहरुलाई मेचीनगर नगरपालिकाको पहलमा प्रहरीले क्वारेन्टाइनमा राख्न थाले पछि नगरवासीले समेत यस कार्यको खुलेरै प्रशंसा गरेका छन् । क्वारेन्टाइनमा राखिएका त्यस्ता व्यक्तिहरुलाई लागूऔषधको कुलतबाट छुटकारा दिलाउन उपचारको विधिसमेत प्रयोग गरिने गरिएको छ ।

उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने त्यसपछि सवै परीक्षण गरेर अभिभावकको जिम्मा लगाउने, वा सुधार गृहमा राख्ने तथा आपराधिक गतिविधिमा संलग्न भएको पुष्टि भए कानुनी कारवाही अघि बढाउने योजना छ । यसो गर्नु साहैं सहरानिय काम भएपनि १४ दिन पछि यहाँबाट आ आफ्नो घर जादा उनीहरुको जीवनमा परिवर्तन आउनु पर्छ । वा कुनै सीप सीकेर गए उनीहरुको जीवनमा समेत परिवर्तन आउने थियो । नत्र यसमा गरेको लगानी बालुवमा पानी भन्ने उखान चरितार्थ हुुन्छ । यस वारेमा सम्बन्धित पक्षले बेलैमा सोच्न जरुरी रहेको स्थानीयको भनाई छ ।

सुधार भएकालाई अभिभावकको जिम्मा लगाएर घर पठाइने बताउने र लकडाउन बन्दाबन्दी लम्बियो भने क्वारेन्टाइनमै राख्ने र नत्र त्यहाँ रहेकालाई वैधानिक सुधार गृहमा पठाइने उपप्रमुख उप्रेतीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here