विद्यार्थीद्धरा विविध कार्यक्रम

0
388

तुलशीप्रसाद निरौला 

विर्तामोड,साउन १७ । मेची टेक्निकल ट्रेनिङ एकाडेमीमा सीएमए् १८ औं व्याज नाइन स्टार गु्रप वी का विद्यार्थीले झापाको शनिश्चरे स्थित कालिस्थानमा स्वास्थ्य सम्वन्धी विविध कार्याक्रम सम्पन्न गरेका छन् ।

नाइन स्टार गु्रप वीका ग्रुप लिडर लक्ष्मी राजवंशीको नेतृत्वमा सुरक्षा काफ्ले, भीमादेवी कार्की, मञ्जु प्रधान, रेखा हेमरम,कविता शिवाकोटी, विमला दाहाल, मालती तामाङ,कल्पना चापागाई, लगायतले शनिश्चरे ३ र ४ को कालिस्थानमा स्थानीय वासीलाई परिवार नियोजन, शिशु आहारका लागि सर्वोत्तम पिठो वनउने तरिका, सुरक्षीत मातृत्व,निमोनिया, झाडापखाला,सर्पको डसाई वाट वच्ने उपाय, आदिका वारेमा जानकारी गराइएको थियो ।
यसैगरी शनिश्चरे ४ कालिस्थानमा खाल्डे चर्पी निर्माण, गरेका छन् । विद्यार्थीहरुले स्थानीय श्रोत साधनको प्रयोग गरी चर्पी निर्माण गर्नुका साथै चर्पीको प्रयोगका वारेमा स्थानीयलाई जानकारी गराइएको थियो ।