स्वदेश फर्केका नेपाली हर्षित, आरडिटी किटको अभाव

0
546

विनोदसिंह विष्ट / बैतडी,

एक महिनाभन्दा बढी भारतीय क्वारेन्टाइनमा बसेर नेपाल फर्केकाहरू निकै खुशी भएका छन् । लामो समय भारतीय क्वारेन्टाइनमा बसेकाहरू स्वदेश फर्केपछि आफूहरूलाई सजिलो भएको उनीहरूले बताएका छन् ।

कोरोनाको त्रासका बीच जन्मभूमिमा आउन पाउँदा निकै खुशी लागेको बैतडीको पुर्चौंडी नगरपालिका–८ का उत्तम बोहराले बताउनुभयो । “विदेशी भूमिको क्वारेन्टाइनमा बस्न निकै समस्या भएका बेला स्वदेश फर्कन पाउँदा हर्षित छौँ”, उहाँले भन्नुभयो, “विपत्तिका बेला स्वदेश फर्कन पाउँदा निकै खुशी लागेको छ ।”

भारत र नेपाल दुवै देशमा लकडाउन भएपछि भारतीय सीमा क्षेत्रमा हजारौँ नेपाली भारतीय क्वारेन्टाइनमा बसेका थिए । उनीहरूलाई बिहीबार मात्रै स्वदेश फर्काइएको हो । स्वदेश फर्कन पाउँदा निकै खुशी लागेको डिलाशैनी गाउँपालिका–६ का रमेशराम ओडले बताउनुभयो ।

मातृभूमिमा पाइला टेक्न पाउँदा निकै खुशी लागेको भन्दै आफूहरूलाई स्वदेश ल्याउन पहल गर्ने सबैलाई उहाँले धन्यवादसमेत व्यक्त गर्नुभएको छ । भारतीय क्वारेन्टाइनबाट स्वदेश फर्कन पाउँदा निकै खुशी लागेको बैतडीको पुर्चौैंडी नगरपालिका–८ का वीरेन्द्र पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशी भूमिमा बस्नुभन्दा स्वदेशको क्वारेन्टाइनमा बस्नु धेरै राम्रो भएको छ ।”

झुलाघाट नाकाबाट र धारचुला नाकाबाट फर्केका नेपालीलाई सम्बन्धित स्थानीय तहहरूले क्वारेन्टाइनमा राखेका छन् । झुलाघाट नाकाबाट मात्रै बैतडीका ७९० जना फर्किएका थिए । झुलाघाट नाकापारि गत चैत १५ गतेदेखि नेपाली मजदुर बसेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here