रूकुममा भएको नरसंहार विरूद्ध झापाको मेचीनगरमा प्रर्दशन

0
900

कांकरभिट्टा ।

जातीय विभेदका कारण रूकुममा भएको नरसंहार विरूद्ध बुधबार झापाको मेचीनगरमा प्रर्दशन भएको छ ।

झापामा क्रियाशील दलित संघ संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरूले रूकुम घटनाको सत्य तथ्य सार्वजनिक गर्न, दोषीलाई हदै सम्मको कारवाहीको माग गरेका थिए । वक्ताहरूले घटनामा संलग्नहरूलाई उन्मुक्ति दिन कुनै पनि राजनीतिक दलले संरक्षण गर्न नहुने तर्क राखेका थिए ।

दलित समुदायहरूले उठाएको मुद्दा कुनै एक दलित समुदायको मात्र नभएर सवै वर्ग,समुदायको साझा मुद्दा भएकाले पिडितले न्याय पाउनु पर्ने तर्क वक्ताहरूको थियो । कार्यक्रममा दलित नेताहरू छविलाल विश्वकर्मा , ध्रुव कनाल, टीकाराम मंग्रान्ती, हर्कमाया विक नेपाल पत्रकार महासंघ झापा शाखाका सचिव सन्तोष आचार्यलगायतले बोल्नुभएको थियो ।

कोणसभामा बोल्दै वक्ताहरूले जातकै कारण दलितले कहिलेसम्म मर्नुपर्ने भन्दै सरकारलाई प्रशन समेत गरेका थिए । दिउँसो साढे २ बजे काँकडभिट्टा बसपार्कबाट न्यायप्रेमी जनता एक हौ, अपराधिलाई हदैसम्मको कारवाही गर लगायतका नारा लेखेको प्लेकार्ड सहित काँकडभिट्टा बजारको परिक्रमा गरिएको थियो ।

बाहुनडाँगी रोड, लक्ष्मीनारायण मन्दिरलगायतको परिक्रमा पछि बसपार्कमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै वक्ताहरूले जातकै कारण दलितले कहिलेसम्म मर्नुपर्ने भन्दै सरकारलाई प्रश्न समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here