२०७७ जेठ २० गते मंगलबारको राशिफल

0
1084

मेष– अध्ययनमा समय दिन नसकिएला । चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । समयको मागलाई ध्यान दिन नसक्दा पछि परिनेछ ।

वृष– कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा सफलता प्राप्त हुनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ ।

मिथुन– शुभचिन्तकहरूले साथ दिए पनि बुद्धिको उपयोगले मात्र दिगो लाभ उठाउन सकिनेछ । बुद्धिको उपयोगले अग्रता दिलाउन सक्छ ।

कर्कट–परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्नेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउनेछन् ।

सिंह–हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ ।

कन्या–महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला ।

तुला–बेलामा होस नपुर्याउँदा केही समस्या झेल्नुपर्ला । रचनात्मक काममा जुट्ने समय छ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ ।

वृश्चिक– सहयोगीहरूले त्यति साथ नदिए पनि काम सम्पादन हुनेछ । उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ ।

धनु–गरिएका कर्मको प्रतिफल पाइनेछ। तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । सञ्चित रकम खर्चनुपर्ला । व्यापारतर्फ हिसाब किताबमा होसियार रहनुहोला ।

मकर–सामान्य आम्दानी भए पनि काम पूर्ण सम्पादन नहुन सक्छ । आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् ।

कुम्भ– आत्मविश्वासको कमीले पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पनि दुःख पाइनेछ ।

मीन– खर्च हुने डरले सताउन सक्छ । तापनि सम्पादित कामबाट धन लाभ हुनेछ । मिहिनेतले आम्दानीको स्रोत बढ्नेछ भने पछि फाइदा हुने काममा सम्झौता हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here