रोटरीले दियो बिर्तामोड नगरपालिकालाई स्वाव टेष्टिङ वुथ

0
1103

 

बिर्तामोड, कोरोना भाइरस परीक्षणका लागि स्वाव संकलन गर्दा सुरक्षित रहन प्रयोग गरिने स्वाव टेष्टिङ वुथ आज बिर्तामोड नगरपालिकालाई प्रदान गरिएको छ ।


रोटरी क्लाव अफ बिर्तामोड र रोटट्रयाक क्लव बिर्तामोडले दुई वटा स्वाव टेष्टिङ वुथ बिर्तामोड नगरपालिकलाई प्रदान गरेको हो । रोटरी क्लाव अफ बिर्तामोडकी अध्यक्ष निकिता गिरीसहितका पदाधिकारीले बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईलाई सो वुथ प्रदान गरेका थिए ।

वुथ हस्तान्तरण गर्दै अध्यक्ष गिरीले दमक १० निवासी (हाल काठमाडौं ) डिन्सन वोहोराले वुथ खरिद गरिदिएको र आफूहरुले नगरपालिकालाई हस्तान्तरण गरेको बताइन् । उनले यस अघि पाँच सय थान भीटीएम किट एकका लागि एक अभियानलाई सहयोग गरेको अध्यक्ष गिरीले बताइन् । हस्तान्तरण समारोहमा नेपाल रेडक्रम सोसाइटी बिर्तामोडका सभापति सजेश शिवाकोटी, रोटरी क्वलका प्रेसिडेन्ट इलेक्ट निर्मल भट्टराई, रोटट्रयाक क्लवका अध्यक्ष राजु मुखियाको सहभागीता थियो । वुथ ग्रहण गर्दै बिर्तामोड नगरपालिकाकी उपप्रमुख प्रसाईले वुथको सहयोगमा स्वाव संकलनका लागि स्वास्थ्यकर्मीलाई सहज हुने बताइन् ।

सामाजिक उत्तरदायित्व अन्तरगत नगरपालिकालाई बुथ उपलब्ध गराइएको रोटरी क्लब अफ बिर्तामोडका प्रेसिडेन्ट इलेक्ट भट्टराईले बताए । ‘स्वाब संकलनमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि बुथ उपयोगी हुन्छ’, भट्टराईले भने ।
उपलब्ध ती बुथ मेची आँखा अस्पताल र कञ्चनजंघा नर्सिङ कलेजको होल्डिङ सेन्टरमा राखिने जनाइएको छ । ती होल्डिङ सेन्टरमा भारतबाट भित्रिएका नेपाली राखिएका छन् ।

इ पेपर हेर्न यहाँ क्लिक गर्नुहोस् ।

https://purwanchaldaily.com/wp-content/uploads/2019/06/20-gate-PDF.pdf

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here