कचनकवल गाउँपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध

१९ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

झापा ।

एक सय जना कोरोना सङ्क्रमित पुष्टि भएको कचनकवल गाउँपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी झापा ३ नम्बर क्षेत्रीय समिति र भद्रपुर नगर समितिले संयुक्त रूपमा कचनकवललाई ६० हजार मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

राप्रपा क्षेत्रीय समितिका अध्यक्ष नवराज पनेरु र भद्रपुर नगर समितिका अध्यक्ष राधा कार्कीले गाउँपालिकाका अध्यक्ष अञ्जार आलमलाई एक सय थान एन ९५ मास्क र १० थान पीपीई हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकामा भारतबाट स्वदेश फर्किने स्थानीयमा कोरोना सङ्क्रमित देखा पर्न थालेको र क्वारेन्टाइनमा राखिएकाहरूको उपचार खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई सहयोग पुग्ने उद्देश्यले स्वास्थ्य सामग्री उपलब्ध गराएको क्षेत्रीय अध्यक्ष पनेरुले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here