मंसीर ४ गतेनै चुनाव हुन्छ — पुन

0
381

विण्णुप्रसाद पोखरेल
दमक,भदौ ३ । एकीकृत नेकपा माओबादीका नेता तथा पूर्व अर्थमन्त्री बर्षमान पुन ं‘अनन्त’ ले नेकपा– माओबादी संबिधानसभा निर्वाचनमा सहभागी नभए पनि तोकिएको समयमा संबिधानसभाको निर्वाचन हुने वताएका छन् ।
झापाको दमक स्थित होटल भोजपुरमा आज  पत्रकारहरुसंग कुराकानी गर्दै पुनले यस्तो वताएका छुन्  । नेकपा–माओबादीले उठाउँदै आएको गोलमेच सम्मेलन ,सरकार परिवर्तन र संबिधानसभाको मिति सार्न अब असम्भब भएकाले संबिधानसभा निर्वाचन भएरै छाड्ने पुनको भनाई छ  ।
चुनावी सरकारको अन्तिम समय सिमा मंसीर भएको र मंसीरपछि यो सरकारको औचित्य समाप्त हुने भएकाले त्यसपछि चुनाव गर्ने कुरा कल्पना बाहिरको कुरा भएको उनकोे भनाईथियो ।