चुनाव हुन दिदनौं ः– लिङ्देन

0
541

नरेन्द्र रिमाल
पाँचथर,भदौ ३ । मञ्च सम्बद्व संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिंदेनले खिलराज रेग्मीकै नेतृत्वमा मंसीर ४ गते निर्वाचन हुन नदिने स्पष्ट पारेका छन ।
पाँचथर सदरमुकाम फिदिममा लिम्वुवान पत्रकार परिषदले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लिंदेनले दोस्रो पटक संविधान सभाको निर्वाचन पूर्व राष्ट्रिय राजनीतिक सम्मेलन र सर्वदलीय चुनाबी सरकार गठन गर्नु आवस्यक रहेको बताए ।
लिम्बुवान सहितका दलहरुलाई पन्छाएर यथास्थितिमै चुनाव गर्न लागे त्यसलाई सशक्त प्रतिकार गर्ने लिंदेनको भनाई थियो ।
चुनाब विफल बनाउन आफुहरुले प्रत्येक निर्वाचन क्षेत्रका वुथ वुथमा प्रतिरोधका लागि कार्यकर्ता परिचालनको तयारी भइरहेको उनले दाबी गरे ।
लिम्बुवानले चारदलको इसारा र सम्झौता अनुसार नभएर नेपालको अन्तरिम संविधान २०६३ बमोजिम संविधान सभाको निर्वाचन गरिनुपर्ने उनको भनाई थियो ।
चुनावको प्रतिरोध सँगै प्रस्तावित लिम्वुवान राज्यमा संघठन सुद्रिढिकरणलाई जोड दिइएको लिङ्देनले जानकारी दिए ।