क्षेत्र नम्वर–२ मा संघीय युवा संघ

0
408

 

विर्तामोड,भदौ १५ । संघीय समाजवादी पार्टी नेपालले संगठन विस्तार गर्ने क्रममा झापाको निर्वाचन क्षेत्र नम्वर – २ मा संघीय युवा संघको गठन गरेको छ । क्षेत्र नम्वर – २ का युवा इन्र्चाज कृष्ण लिम्वूको सभापतित्वमा भएको कार्यक्रममा झलक राईको अध्यक्षतामा २३ सदस्यीय समिति गठन भएको छ । गठित समितिको उपाध्यक्षमा कुसुम राई, अमिर ओझा, सन्तोष तुम्वाहाम्फे सचिवमा दीपक वोखिम, सह सचिवमा रमेश राई रहेका छन् । सचिवालय सदस्यमा भने रीकस भारती, मञ्जील मल्ल, हरी गुरुङ, गणेश मगर, भूपेन्द्र तामाङ,सुजन देवान, पारस राई, संगम मगर, मनिस लिम्वू लगायत रहेका छन् । संघीय युवा संघ केन्द्रीय सदस्य तथा झापा जिल्ला इञ्चार्ज देव लिम्वूको प्रमुख आतिथ्यमा कार्यक्रम सम्मपन्न भएको थियो । कार्यक्रममा धिरेन लावती,भूपाल वहादुर राई, वीरेन्द्र उदाश, सुमन शर्मा जमरकट्टेल प्रकाश घिमिरे लगायतले वोलेका थिए । कार्यक्रमको नाजिम खानले गरेका थिए भने स्वागत मनता राईले गरेकी थिइन् ।
त्यसैगरी विर्तामोड स्थित भेटघाट चौतारीमा झापा सहसचिव भूपालवहादुर राईको अध्यक्षता पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वुद्धिमान खेवाङको नेतृत्वमा ३७ जना विभिन्न पार्टी परित्याग गरी सो पार्टीमा प्रवेश गरेका थिए ।