उपभोक्ताद्वारा विद्युतको गाडी र कर्मचारी निमन्त्रणमा

0
509

लक्ष्मीपुर, असोज १२ । झापाको लक्ष्मीपुर चोकमा रहेको विद्युत ट्रान्सफरमरवाट कम पावर सप्लाइ भएको भन्दै स्थानीय उपभोक्ताले आज विद्युत प्राधिकरणको गाडी सहित ३ जना कर्मचारीलाई  नियन्त्रणमा लिएका छन् ।
लक्ष्मीपुर चौकमा राखिएको विद्युत ट्रान्सफरमरवाट निस्किएको तारको टेम्परकम भई विद्युत अनियमित भएकाले नयाँ ट्रान्सफरमर जडान गरी नियमित विद्युत आपूर्ति गर्न विद्युत प्राधिकरणलाइ्र्र दवाव दिन नेपाल विद्युत प्राधिकरण अनारमनी सव स्टेसनको वा १ ञ  १८०७ नम्वरको गाडी सहित तीन जना कर्मचारी नियन्त्रणमा लिएको लक्ष्मीपुर नागरिक समाजका दुर्गाप्रसाद पराजुलीले जानकारी दिए । लक्ष्मीपुर चाकैमा राखिएको ट्रान्सफरमरमा विगत २ वर्षदेखि समस्या आएको र आफूहरुले पटकपटक नयाँ ट्रान्सफरमर फर्न र टेम्पर कम भएका तार फेर्न दवाव दिए पनि नेपाल विद्युत प्राधिकरण अनारमनी सव स्टेसनले वेवास्ता गरेको लक्ष्मीपुर वासीको  आरोप छ । विद्युतको अनियमितताको कारण घैलाडुव्वा ८,९ रअर्जुनधारा – ६ का उपभोक्ताहरु मारमा परेको वताइएको  छ  । आफूहरुको समस्यालाई तत्काल पूरा नगरे कडा भन्दा कडा संघर्षमा उत्रने लक्ष्मीपूरवासीले प्राधिकरणलाई चेतावनीसमेत दिएका छन् ।