बिर्तामोड,
मेची आँखा अस्पतालले झापाको दमकमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
मेची आँखा अस्पतालको शाखाको रुपमा रहेको पाथीभरा नेत्रालयसंगको समन्वयमा दमकको भाङवारीमा आयोजित शिविरमा ६५ जनाले आँखा जाँच गराएका थिए ।

सामाजिक उत्तरदायित्व अन्तरगत अस्पतालले शिविरको आयोजना गरेको र त्यस क्षेत्रका विपन्न समुदायका सर्बसाधारणले लाभ लिएको अस्पतालका प्रशासन प्रमुख सुरज रौनियारले जानकारी दिए । रौनियारका अनुसार आँखा जाँच गराएका मध्ये ९ जनामा मोतियाविन्दूको समस्या देखिएकाले उनीहरुको निःशुल्क शल्यक्रिया गरिएको छ ।
उनीहरुको आँखाको शल्यक्रिया अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर पुरुषोत्तम जोशी लगायतको टिमले गरेको हो । शिविर सञ्चालनको समन्वय पाथीभरा नेत्रालयका प्रमुख सन्तोष पौडेलले गरेका थिए । शिविरमा आँखा जाँच गराएर समस्या देखिएका विरामीलाई औषधि समेत निःशुल्क वितरण गरिएको थिए ।
अस्पतालले यस अघिपनि झापासहित पूर्वका विभिन्न स्थानमा निःशुल्क आँखा जाँच गर्दै आएको छ ।





























