विना सर्त रिहा गर्न माग प्रहरी भन्छ छाड्न मिल्दैन्

0
474

विर्तामोड,असोज १८ । प्रहरीले पक्राउ गरेका आङ्खना कार्यकर्ता रिहाईको माग गर्दै मन्च सम्बद्ध संघीय लिम्बुवान परिÈदले अनिश्चतकालीन यातायात बन्द गर्ने चेतावनी दिएको छ ।

हिजो झापाका बिभिन्न Ôेत्रहरुबाट समातिएका १८ जना आङ्खना कार्यकर्ता रिहाईका माग गर्दै परिÈदले अनिश्चतकालीन यातायात बन्द गर्ने चेतावनी दिएको हो । झापाको दमक चोकबाट प्रहरीले परिÈद्का केन्द्रीय सचिवालय सदस्य प्रेमदीप थाम्सुहाङ, दमक नगर अध्यÔ लीला थापा मगर लगायतलाई पक्राउ गरेको थियो ।

त्यस्तै बिभिन्न Ôेत्रहरुबाट पक्राउ पर्नेहरुमा बिक्रम लिम्बु, शरण जबेगु, धन राई, नरेश माङमु, सुजन खजुम, भीम लोक्ताम, सुजन लोक्ताम, अनोमल तामाङ, डम्बर धिमाल, लाल बहादुर लिम्बु, इन्द्र बस्नेत, दिनेश ढकाल, रुकमान राई, कुमार राई, अशोक राई र प्रेम आर्चाय रहेका छन् ।

हिजो प्रत्यÔतर्फको मनोनयनलाई प्रभावित पार्न परिÈद सहितका आन्दोलनकारी दलहरुले यातायातका सवारीसाधनमाथि अवरोध सृजना गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रण्ँमा लिएको थियो । पक्राउको बिरोधमा परिÈदले आज बिज्ञप्ती निकालेर शानितपूण आन्दोलनमाथि प्रहरीले धरकपड गरी आङ्खना कार्यकर्तालाई पक्राउ गरेको भन्दै तुरुन्त रिहा गर्न माग गरेको छ । परिÈदका अध्यÔ कुमार लिङदेनले बिना शर्त रिहा नगरे पूर्वमा यातायात ठप्प पार्ने चेतावनी  दिनुभयो ।

तर झापाका एसपी शेर बहादुर बस्नेतले भने हिजो पक्राउ परेका लाई विना सर्त रिहा गर्न नसकिने स्पष्ट पार्नुभएको छ । प्रहरी प्रशासन कानुन अनुसार चल्ने भन्दै कुनै धाक धम्कीका भरका कसैलाई नछाडीने पूर्वाञ्चल दैनिकलाई जानकारी दिनुभयो । हिजो केर्खामा गाडी तोडफोड गर्ने ४ जना विरुद्ध अदालतमा मुद्धा दर्ता गराइएको बताउदै आफुहरु शान्ति सुरक्षा कायम गर्न दिनरात तल्लीन रहेको बताउनुभयो ।

उहांले आज बारामा उम्मेदारमाथी भएको गोली प्रहारको घटना लाई ध्यानमा राखेर झापाका उम्मेदारको सुरक्षामा विशेष ध्यान दिएको जानकारी समेत दिनुभयो । झापामा उम्मेदारी दर्ता गराउनुभएका उम्मेदारलाई यात्रा तथा सभा सम्मेलनमा जांदा विशेष सावधानी अप्नाउन आग्रह गर्दै प्रहरीले पनि विशेष सुरक्षा दिने उल्लेख गर्नुभयो । एसपी बस्नेतले सुरक्षा स्थिती मजबुद रहेको बताउनुभयो ।