इङ्ल्याण्ड र स्पेन विश्वकपमा छनौट

0
402

काठमाडौ ,३० असोज। सन् २०१४ मा ब्राजिलमा हुन लागेको विश्वकप फुटबलमा युरोपली क्षेत्रबाट इङ्ल्याण्ड र पूर्व विजेता स्पेन छनोट भएका छन् । गयराति भएका खेलमा इङ्ल्याण्डले पोल्याण्डलाई र स्पेनले जर्जियालाई हराउादै विश्वकपको टिकट काटेका हुन् ।इङ्ल्याण्डलाई ब्राजिलको टिकट दिलाउन वायने रोनी र स्टेफन जेर्राडले गोल गरेका थिए । त्यसैगरी स्पेनलाई उपाधि यात्राको बाटो बलियो बनाउने क्रममा अल्भेरो नेग्रेडो र हुवाँ माटाले गोल गर्न सफल भए ।  हिजै राति भएको अर्को खेलमा बेल्जियमले वेल्ससँग १-१ को बराबरी खेल्दै विश्वकमा छनोट भएको छ । जर्मनी र नेदरल्याण्ड यसअघि नै विश्वकपमा छनोट भइसकेका छन् ।युरोपेली जोनबाटै बोस्निया हर्जगोभिना, इटाली र स्वीटजरल्याण्डले पनि विश्वकप खेल्ने पक्का भएको छ । इटालीले अर्मेनियसाग २-२ को बराबरी खेलेर पनि समूह विजेता बन्दै विश्कपमा छनोट भयो ।

सन् २००२ को विश्कपपछि छनौट हुन नसकेको रसियाले पनि ब्राजिलमा विश्वप खेल्ने पक्का भएको छ । फावियो कपेलोले सम्हालेको रसियाले अजरवैजानसाग १-१ को बराबरी खेलेर पनि ब्राजिलमा हुने विश्कप खेल्ने भएको हो ।