कोरोना : झापाका ९ सहित प्रदेश–१ मा ९५ जना थपिए

0
856

झापा ।

झापाका ९ सहित प्रदेश १ मा शुक्रबार ९५ जना कोरोना संक्रमित थपिएका छन् ।

दमकका दुई महिला र ४ पुरुष, भद्रपुरका दुई पुरुष, शिवसताक्षीका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यस्तै मोरङमा ६२, सुनसरीमा २२, र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरका १३ महिला र २० पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै, रंगेलीमा ९ महिला र १९ पुरुष, सुन्दरहरैचाका एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उता, सुनसरीको दुहवीका २ महिला र ११ पुरुष, घुस्कीका ३ पुरुष, इटहरीका २ पुरुष, धरानका एक महिला र एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

सुनसरीकै देवानगञ्जका एक पुरुष र रामधुनीका एक महिला संक्रमण पुष्टि भएको छ । प्रदेश १ बाहिरका सिरहा र धनुषाका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ । प्रदेश १ बाट आज ३५ जना डिस्चार्ज भएका छन् । मेची अस्पताल झापाबाट १७, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज भएकाहरु झापाका १५, मोरङका १४, इलामका ४ र सुनसरीका २ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here